शिक्षा

पाठशाला स्कुलले स्थानीयलाई डिस्टब हुने गरी गर्यो राती अबेरसम्म नाचगाँन, स्थानीयको अनुरोध गर्यो बेवास्ता

पाठशाला स्कुलले स्थानीयलाई डिस्टब हुने गरी गर्यो राती अबेरसम्म नाचगाँन, स्थानीयको अनुरोध गर्यो बेवास्ता

६ असार, काठमाडौं । पाठशाला स्कुलले स्थानीयलाई बाधा हुनेगरी नाचगान गरेको छ । नयाँ बानेश्वर थापागाउँमा संचालनमा रहेको प्रतिष्ठीत बिद्यालयको रुपमा परिचित पाठशाला स्कुलले स्थानीयले त्यस्ता कार्य बन्द गर्न आग्रह गर्दा पनि मानेन ।
सर्बसाधारणलाई मनपरी धेरै रकम अशुली गरेको कारण बेला बेला बिबादमा आईरहने निजी स्कुल र पाठशाला स्कुलले स्थानीयले गरेको आग्रहलाई पनि इन्कार गर्दै आफ्नो स्कुलमा भब्य गीत संगीतका कार्यक्रमहरु गर्ने गरेको स्थानीयले बताएका छन् ।
काठमाडौंमो मुटु बानेश्वर थापागाउँमा पर्ने पाठशाला स्कुलको छेउछाउ बाक्लो बस्ती पर्ने र छेउछाउमा बासिन्दामा दमका रोगी, बृद्धबृद्धा, बिरामीहरुको पनि बसोबास हुने भन्दै उपभोक्त हितसम्बन्धी सरोकारवालाहरुले अनुरोध गर्दा नमानेको बताईन्छ ।
पाठशाला फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत इश्वर अधिकारीले सुर्यखबर प्रतिनिधिले कुरा गर्दा उक्त कुरा राख्दाराखदै काटिदिए । पुनः सम्पर्क गर्दा सिईओ अधिकारीले फोन काटिदिए र अहिले म सम्पर्क गर्न सक्दिन भन्ने म्यासेजमार्फत उत्तर दिए ।
प्रजातन्त्रमा अर्काको अधिकार खोस्नेगरी आफ्नो अधिकारको प्रयोग गर्न नपाईने कुरा थाहा भएपनि पाठसालाको बदमासीले धेरै नै हद नाघेको बुझाई स्थानीयको छ ।