विचार/ब्लग

पछिल्लो पुस्ताहरुकालागि…..

११ असार, इटहरी । आपनो शरीरको हेरचाह गर । सज्जन जीवन, साधा जीवन उच्च बिचारले सन्चालन गर्ने प्रयत्न गर । साधु सज्जनहरुको जीवनबाट केही पाठ सिक । विधी नियमलाई पालना गर प्रविधिमाथिको पहुँचलाई जान सिक, आपनो लागि सहज बनाएर आपनो वशमा राख ।
तिमीहरु सधैभरी कछुवा गतिमा हिडिरहने होऊ । मानिस भएको हुनाले हिडने हो उडने होइन । ज्ञानकालागि शिक्षा, मिहीनेत र अनुशासनलाई सधै त्रिवेणी बनाएर त्यसमा साधना गरीरहने छौं । आपनो आमा, बाबा र गुरुहरुलाई सदा काल मान सम्मान् गर्ने छौ । कम वोल । धेरै सुन, सुन्दर असल काम कुरा मात्र हेर । किनभने हाम्रो सस्कार सुदर्शन प्रीय दर्शन हो । सस्कार सुसस्कार मान्ने जान्नेहरुको साथ र तथा सगत गर । त्यतिभएपछि तिमीहरुले सफलता पाउने छौं ।
एक गुना खाना दुइ गुना पानी
तीनगुना हँसना सदा जवानी ।।
भन्ने शैली अपनाएर हाँसि खुशीले जीवन काम गरी गरी बिताउने यत्न प्रयत्न गर । मैले यो अवस्थासम्म आएर पाएको ज्ञान यही हो । जो तिमीहरु पछिल्ला पुस्ताहरुलाई भन्न र शेयर गर्न चाहान्छु ।
मेरो जीवनका धेरै सगति विसगतिहरु मलाई थाहा छन । पछि उल्लेख गर्ने छु । जानेर वुझेर अहित कसैलाई गरेको छैन, विश्व विद्यालयमा शिक्षक जीवनमा एक विद्यार्थीलाई मैले त्यसरी कठोर भएर शासन यस्तो शासन गरे कि उसले १० वर्षपछि साउदी कतार सारा पुगेर आएपछि मलाई भेटे, भेट गर्नै आए ।
हामी गुरु चेला वसेर कुराकानी गरेको थियौ ।
मैले सोधे “बावु त्यसवेलामा मैले तपाइलाई हात समाएर अफिसमा समातेर लगेर हप्की दप्की गरी कानुनले सजाय गरेको के कस्तो लाग्यो त ? कही कतै इवि लिनु त भएको छैन ? उनले मलाई जवापाm दिए ।
सर हजुरले मलाई दिनु भएको सजाय मैले अरु १० वर्ष पहिलेनै पाएको भए म यो देशको सवैभन्दा धनी र ज्ञानी हुने थिएँ । तरपनि मेरो सवै वुद्धिको ढोका त्यही घटनाले खोलिदिनुभयो । सर राम्ररी गरी खाएर परिवारलाई पालेको छु । समाजलाई खुशी बनाउन सकेको छु । भनेर हाँसे । हामी दुवै हाँस्यौ । मैले परमात्मा परमेश्वरलाई शीर निहुराएर एक पल्ट सम्झना गरे यस्तै कृपा मिलोस । मिली रहोस ।
मैले धन्यबाद काजी भाई भनेको छु । पछि चिनाउने छु । उनको सधैं भलो होस किनकि मेरो सिकाई सही ठीक ठाँउमा परेको रहेछ ।
(प्रा नृसिह खत्री, वरिष्ठ अधिवक्ता)