प्रदेश 2

१९ तोला सुन र १५ तोला चाँदीको गहनासहित रु २० लाख चोरी

१२ असार, जलेश्वर । जलेश्वर नगरपालिका–६ मा एक समूहले विवाहमा घर बाहिर गएका एक व्यक्तिको घरबाट १९ तोला सुन र १५ तोला चाँदीको गहनासहित रु २० लाखको धनमाल चोरी गरेको छ । प्रवक्ता प्रनाउ विष्टका अनुसार स्थानीय दिलीपकुमार मिश्र सपरिवार यही असार ६ गते भारतको बिहार राज्यको मुज्जफरपुरस्थित आफन्तको विवाहमा गएको मौका छोपी घरको ताल्चा फुटाइ चोरले सुन चाँदीका गरगहना, ल्यापटप र मोबाइल गरी रु १९ लाख ७० हजार मूल्य बराबरको धनमाल चोरी गरी लगेका छन् ।