बाग्मती

हेटौँडा उपमहानगरको योजना तथा नीति र विनियोजन सर्वसम्मतले पारित


२० असार, वाग्मती । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरेको नीति तथा कार्यक्रम तथा बजेट अर्थ विधेयक, २०७९ र विनियोजन विधेयक, २०७९ सर्वसम्मतले आज पारित गरेको छ । उक्त उपमहानगरपालिकाको आज बसेको ११औँ अधिवेशनको तेस्रो बैठकले नीति कार्यक्रम तथा बजेट विधेयक, २०७९ र विनियोजन विधेयक, २०७९ सर्वसम्मतले पारित भएको हो ।

उपमहानगरपालिकाले यही असार १२ गते नीति तथा कार्यक्रम र सो कार्यावन्यनका लागि रु दुई अर्ब ७१ करोड ७९ लाख ७२ हजार बजेट सार्वजनिक गरेको थियो । नगरको विकासका लागि विभिन्न ठूला तथा साना, पुराना, अधुरा योजनाहरु तथा नयाँ योजनाहरु पूरा गर्न र अगाडि बढाउन आज पारित भएको बजेटले बाटो खुला गरेको बताइएको छ । हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीना लामाले आज पारित विनियोजन विधेयकले नगरको विकासले गति लिने बताए । यसअघि सो उपमहानगरपालिकाले प्रत्येक वडाका वडाध्यक्ष तथा सचिवहरुलाई प्रशासन तथा योजना सञ्चालनका विषयमा एक दिने अभिमुखीकरण कार्यक्रम गरेको थियो ।