प्रवास

दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्छ : महामन्त्री शर्मा

२० असार, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री बिश्व प्रकाश शर्माले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने कुरामा जोड दिएका छन् । उनले अमेरिकाको नर्थ क्यारोलाइनामा भइ रहेको एनआरएनए ज्ञान सम्मेलन तथा ११ औ साधारण सभाको उदघाटन कार्यक्रम मन्तब्य राख्दै नेपाल बाहिर र गैर आवसीय नेपालीहरुले चाहना गरेको गैर आवासीय नेपाली नागरिकता तथा मताधिकारको बारेमा चर्चा गर्दै यो कहाँ निर अल्मलिएको छ । नेपाली कांग्रेसले यस बिषयमा आफ्ना धारणा पटक पटक दिएको र वक्ताहरुले यस बिषयमा भएका पछिल्ला गतिबिधिहरुको बारेमा बताई सकेको प्रसंगलाई उनले जोडे ।

नेपाली कांग्रेसले यस बिषयमा स्पष्ट धारणा रहेको र गैर आवासीय नेपाली नागरिकता हामी दलले दिने र नदिने भन्दा पनि नेपालको संबिधानले दिई सकेको बताए ।

हामी द्वय स्वयम र गगन थापाले प्रधानमन्त्रीलाई केही समय अगाडी नागरिकता र मताधिकार सम्बन्धि स्पष्ट कुरा राखी सकेको उनले बताए । यसलाई सम्बोधन गर्नु पर्छ भनेर प्रधानमन्त्रीलाई अवगत गराएका छौ ,उनले भने ।

उनले नेपालको समग्र समुन्नतिको लागि नेपाललाई गासेर कसरी जाने भन्ने बिषयमा हामीले बोली सकेका र नेपाल बाहिर रहेको नेपाली समुदायलाई जोड्नु पर्ने बताए । उनले थुप्रै बिषयमा आफ्ना कुराहरु राखेका थिए ।

नेपाल बाहिर रहेको भावनाको नेपाललाई कसरी नेपालसंग जोड्ने विषयमा साझा राष्ट्रिय विषय बन्नु पर्ने बताए । उनले पछिल्ला दुई अगाडी देश द्वन्दमा फसेको र त्यसले आर्थिक उन्नतिमा असर पारेको र नेपालको ब्यापार घाटा साथै विद्युत बेचेर नेपालले केही आर्थिक लाभ समेत गरेको बारेमा चर्चा गरे । उनले विदेशमा बसोबास गर्ने नेपालीहरुले जलबिधयुत ,अस्पताल लगायतमा लगानी गरेको भन्दै प्रशंसा गरे । उनले स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार बालेन शाहको विषयमा पनि प्रवेश गर्दै राजनैतिक दलहरुले रहेका भोट बैंक सम्बन्धि अवधारणाबाट दलले सोच्नु पर्ने बताए ।

अर्थात् हाम्रा यो गाउँमा र यो क्षेत्रमा हामीसंग यति मत छन् भनेर गणना गर्न भन्दा अब यस विषयमा धारणा परिवर्तन जरुरी भएको बताए ।

उनले ज्ञान सम्मेलन मार्फत नेपालको सम्वृद्धि र समग्र नेपालको उन्नति र विकासमा काम गरोस भनि आह्वान गरे ।

अमेरिकाको ¥याले शहर स्थित मेरिएट सिटी सेन्टर, नर्थ क्यारोलिनामा जुलाई ३–४ का दिन हुने गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाले आयोजना गरेको ११औँ वार्षिक साधारणसभा तथा ज्ञान सम्मलेनको लागि महामन्त्री शर्मा आएका हुन ।