प्रदेश 1

लोकतान्त्रिक मुल्य मान्यताको पक्षमा रहन्छु, गल्ती भएको भए माफी माग्न तयार छुः मेयर पौडेल

२४ असार, काठमाडौं । इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलले, ‘म माफी माग्न तयार छु, म सधै प्रेस स्वतन्त्रता र मानवअधिकार र लोकतान्त्रिक मुल्य मान्यताको पक्ष मा छु रहन्छु भनेका छन् ।

उनले सामाजिक सञ्जाल फेबुकमा लेख्दै भनेका छन्, बिराट अनुपम जस्तो इटहरीको आशा भरोसा बोकेको सिर्जनशिल युवा पत्रकारले अरुको सुनेको कुरा लेख्नु भन्दा बास्तबिकता लेखेको भए ठिक हुन्थियो जस्तो लाग्यो मलाई, आज विषयगत समिती को छलफल अघि पत्रकार मित्र कृष्ण बहाब पुग्नु भएकै हो।एकछिन म आफै अलमल मा परे आज त पत्रकार मित्रहरु लाई आमन्त्रण गरेको थिएन जस्तो लाग्यो र मैले सुचना अधिकारि लाई सोधे उहाँ ले नि छैन भनेपछी मैले हात जोडेर हासेर कृष्ण जि आज निमन्त्रणा रहेनछ अब चिया खाउ भने, उहाँ चिया नखाने दाइ भन्दै निस्कनु भयो, उहाँलाई नराम्रो फील नहोस भनेर म बाहिर लबि सम्म पुर्याउन आएको र बिदा गरेको हो, उहाँ हास्दै तपाईंहरुलाई गारो पर्दा मात्र कार्यपालिका लाइभ दाइ भन्दै बाहिरिनु भएको हो। वार्ड अध्यक्ष र कर्मचारी साक्षि छन, यो ब्याबाहार अपमान हो भने र यो भन्दा बढी अरु केहि छ भने कृष्ण जि ले तथ्य सहित मलाई तहा उपस्थित मानिसका बीचमा उभियाएर फेस गर्नुस् म माफी माग्न तयार छु, म सधैंं प्रेस स्वतन्त्रता र मानवअधिकार र लोकतान्त्रिक मुल्य मान्यता को पक्ष मा छु रहन्छु, न्याय ,,सत्य तथ्य कुरा को धरातल मा उभिएर बहस, लेख ,बिचार, प्रकट गर्दा मात्र ब्यक्ति र सस्था को उचाई चुलिन्छ जस्तो लाग्छ मलाई।जयनेपाल, जय इटहरी !