प्रदेश 1

दुर्घटनामा एक महिलाको मृत्य

२४ असार, बनियानी । झापाको कनकाई नगरपालिकास्थित एकान्त टोलको भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे १ त ७८३१ नम्बरको ट्याक्टरले रोकिराखेको मे १ ह ६९६० नम्बरको अटोलाई ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा परेको अटोमा सवार कनकाई–३ की ३४ वर्षीया कमला नेपाल उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्याक्टर र चालक कनकाई–७ का २४ वर्षीय यतुवा मर्डीलाई इलाका प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसैबीच, झापाको मेचीनगर नगरपालिका–१० खयरडाँगीबाट आज लागुऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सोही स्थानका २३ वर्षीय नोसाद मोहमदलाई चेकजाँचको क्रममा इलाका प्रहरी कार्यालय धुलाबरीबाट खटिएको प्रहरी टोलीले एक ग्राम ५०० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हुँदा थप अनुसन्धान भइरहेको सो कार्यालय झापाले जनाएको छ ।