सुदूरपश्चिम

एक पुरुषको शव फेला

३२ असार, गोदावरी । कैलालीको गोदावरी नगरपालिका–अत्तरियामा एक पुरुषको शव फेला परेको छ । बैतडीको सिगास गाउँपालिका–४ का पदमसिंह धामीको शव फेला परेका होे ।

उनको शव अत्तरियास्थित सबडिभिजन वन कार्यालय नजिकै फेला परेको प्रहरीले जनाएको छ । अहिले शव घटनास्थलमै रहेको र अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।