विचार/ब्लग

बुढीनन्दाः प्राकृतिक छटाको त्यो स्पर्श

११ साउन, काठमाडौं । प्राकृतिक सुन्दरताको अनुपम उदाहरणका रूपमा वर्णन गरिने बडीमालिका, खप्तड र बुढीनन्दा तालको जिल्ला बाजुरा घुम्ने अनुकुल मौसम शुरु भएको छ । उत्तरका अग्ला पहाड र सेताम्मे हिमालले कसलाई नलौभ्याउँला र ? प्राकृतिक सौन्दर्यता त्यसै अलौगिग छ। प्राकृतिक विविधताले त्यसै विराट छ। आफ्नै खोचहरुको स्पर्श गर्दै आफ्नै लयमा बग्ने तमाम नदी, लात र तलैया यसका पहिचान हुन्।
मन र रहर न हो प्राकृतिक सौन्दर्यता र मनमोहक विराट छटाले सिंगारिएको त्यो देवतुल्य पावन भूमि सायत प्राकृतिक सौन्दर्यता की रानी हुन् झै लाग्छ। बादलुको घुम्टोमा सजिएको विराट प्राकृतिक सुन्दरता अझै मन लोभ्याउने तियि विशाल फाँट जुन हिमाली घाँसे मैदान हुन्। यि घाँसे मैदानको दृश्यले झन आनन्दित तुल्याउँछ।
बुढीनन्दाको एउटा रमाईलो पक्ष छ जुन सायत अन्य ठाउँमा भेटाउन सकिदैन। मौसमा आउने छिन-छिनको परिवर्तनले झन रमाईलो पना थप्छ। मानव यसै रमाईलो मनपराउने एउटा प्राकृतिक अवयव भएका नाताले छिन छिनमा आउने मौसमको अदल बदलले झन रोमाञ्चक बनाउँछ दृश्य अवलोकनमा।
करिब १४ हजार फिटमा बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकामा रहेकोे बुढिनन्दा ताल सुन्दर सम्पदा हो । बुढीनन्दा देवी मन्दिरसँगै चट्टान नै चट्टानको बीचमा ठूलो ताल छ । यस वरिपरि अरु ९ वटा ताल पनि छन् । मुख्य तालको उचाई समुन्द्री सतहबाट ४५८१ मिटर रहेको छ ।

बुढीनन्दाका क्षेत्र प्राकृतिक सुन्दरताको अनुपम उहाहरण हो । मुख्य तालको वरिपरी परिक्रमा गर्न झण्डै डेढ घण्टा लाग्छ । यो ताल ठूला पहाडको बीचमा गोलो आकारमा रहेको छ । यस क्षेत्रमा फूलदह, चरीताल, कैलाश ताल, राक्षेशीताल, मष्टातला, सुनन्दा ताल, बुढीनन्दा ताल लगायतका नौवटा ताल छन् ।
आवश्यक अध्ययन अनुसन्धानको अभावमा ओझेलमा परेको छ। हाजिरीजवाफमा पनि प्रायः नसोधिने भएकाले यसबारे धेरैलाई थाहा छैन । तिलिचोपछि दोस्रो उचाइमा रहेको ताल पनि नेपालमै पर्छ, बाजुराको बुढीनन्दा क्षेत्रमा । धार्मिक आस्था र अपार प्राकृतिक छटाहरुको सुन्दरताले महत्वपूर्ण बुढीनन्दा क्षेत्रमा रहेको ताल विश्वमै दोस्रो उचाइमा रहेको तथ्य सार्वजनिक भएपछि यसबारे चासो बढ्न थालेको छ ।
बुढीनन्दा देवी थानसँगै चट्टान नै चट्टानको बीचमा ठूलो ताल छ । यस वरिपरि अरु ९ वटा तालहरु पनि छन् । मुख्य तालको उचाइ समुन्द्री सतहबाट ४ हजार ५ सय ८१ मिटर रहेको छ । तालको लम्बाइ, चौडाइ तथा गहिराएबारे आधिकारिक तथा विस्तृत अध्ययन भने सरकारी निकायबाट भएको छैन ।
बुढीनन्दा क्षेत्र प्राकृतिक सुन्दरताको अनुपम उहाहरण हो । ‘मुख्य तालको वरिपरी परिक्रमा गर्न झण्डै डेढ घण्टा लागछ । यो ताल ठूला पहाडको बीचमा गोलो आकारमा रहेको छ । यस क्षेत्रमा फूलदह, चरीताल, कैलाश ताल, महादेब महारुद्र ताल, राक्षसीताल, मष्टाताल, सुनन्दा ताल, बुढीनन्दा ताललगायतका नौवटा ताल छन् ।
लौरी विनायक, खेतीबेती, वर माग्ने डाँडो, गाई गोठ, धौलीगाड, धनभण्डार, छाप्रे पाटन लगायतका मनमोहक ठाउँ बुढीनन्दामा छन् । बुढीनन्दा पुग्दा मन चङ्गा हुन्छ, घोडा तथा भेडाका लस्कर र गाईभैंसीका गोठहरु टन्नै देख्न सकिन्छ । वर माग्न बुढीनन्दा जानु, रंग हेर्न मालिका भन्ने यहाँको उखान रहेको छ । यस क्षेत्रमा रमाइलो र अन्य उद्देश्य भन्दा पनि धार्मिक आस्थाले तिर्थाटन गर्ने तिर्थालुहरु बढी जाने गरेका छन्।


यति उचाईमा रहेका ताल अन्य ठाउँमा नभएका कारण बुढीनन्दा तालबाट धनभण्डार नजिक झर्ने झरना र निरंकारी तालबाट आउने झरनाको उचाइ र त्यसको समुन्द्री सतहबाटको उचाइ लाई सरकारी निकायबाट प्रमाणित गर्नसक्ने हो भने यसको महत्व झन बढी हुनेहो भने यसले बाजुराको विकास र निकासमा थप योगदान गर्न सकिन्छ भने अर्कातिर धार्मिक पर्यटनका माध्यमद्वारा आन्तरिक पर्यटनको विकास र विस्तार गरी अर्थोपार्जन गर्न सकिन्छ की ?
ताल रहेको ठाउँ जाने बाटोमा ठूल्ठूला झरना, कैयौं प्रजातिका रङ्गीचङ्गी फूलहरुले सुन्दर बगैंचाको झल्को दिन्छ । खप्तड राष्ट्रिय निकुन्ज हुँदै रारा जाने पर्यटकका लागि बीच बाटोमा पर्ने क्षेत्र भएकाले पनि यसको महत्व भविस्यमा बढ्ने देखिन्छ । बाटोमा हिँड्दा मृगका बथान, यार्सागुम्बा, कटुकी, हत्ताजरी, बाह्रजरी र जटामसी लगायतका सयौं जडिबुटी भेटिन्छन्।

विविधतालाई स्वीकार्न नसकेको बुढीनन्दाः
प्राकृतिक सौन्दर्यता स्पर्श गर्न पाउनु हरेक नागरिकको प्राकृतिक अधिकार हो। यो मौलिक अधिकार भन्दापनि मानव अधिकारको विषय हो। तर बुढीनन्दा तालमा दलित समुदायलाई तिर्थाटन वा दर्शन गर्न बंञ्चित गरिएको छ।
यसले एकातिर व्यवसायीक पर्यटन फस्टाएको छैन भने अर्कातिर यो जति सतहि रुपमा प्रचारमा आउन सकेको छैन।
सुदुरपश्चिमका अधिकांश धार्मिक पर्यटकीय स्थलमा दलितहरुलाई प्रवेशमा निशेधित गरिएको छ। यसले गर्दा एकातिर हिन्दू धर्म र संस्कार प्रति दलित समुदायको आस्था हराउँदै गएको छ भने अर्कातिर यो अलौगिक सुन्दर दृष्य महसुस गर्ने सुयोग बाट बञ्चित हुनुपरेको अबस्था छ।
समयमा नै विविधताको सम्बोधन गरेर समयमा नै सामुहिक प्रवेशलाई सुनिश्चित गर्ने हो भने बुढीनन्दा तालको प्रचारप्रसारमा सुधार आउने कुरामा दुईमत छैन।
धार्मिक आस्थाका कारण जुत्ता चप्पल निशेधितः
अहिलेसम्म त्यस क्षेत्रमा जानका लागि छाप्रेपाटनबाट माथि खुट्टामा जुुत्ता चप्पल लगाएर जाने परम्परा छैन ।
मेला लाग्ने समयः
यो वर्षको साउन २६ गते मेला लाग्ने साइत छ। यो एउटा धार्मिक आस्थाले गरिने वर्षमा एकपटक कैलाश पूजाका लागि जल लिन जाने परम्परा परापूर्वकाल देखी चलि आएको छ।
बुढीनन्दा अवलोकनका लागि साउन(भदौ उपयुक्त महिना मानिन्छ । जनैपूर्णिमामा त्यहाँ भव्य मेला लाग्छ । बुढीनन्दा भगवतीका नामले त्यस क्षेत्रको नामाकरण भएको किंवदन्ती छ ।
ताल तथा मन्दिर रहेको ठाउँमा पुग्न बाटोमा भेटिने प्राकृतिक गुफाहरुमा दुई दिन बास बस्नुपर्ने धार्मिक परम्परा छ । यस क्षेत्रमा कालो लुगा र छालाका सामानको प्रयोग गर्न राम्रो नहुने बताइन्छ ।
कसरी जान सकिन्छः
बुढीनन्दा नगरपालिकामा पर्ने यो क्षेत्रमा पुग्न सदरमुकाम मार्तडीदेखि चारदिन पैदल हिँड्नुपर्छ ।
बुढीनन्दा पुग्न नेपालगञ्ज हुँदै कोल्टीसम्म हवाइजहाजमा गएपछि त्यहाँदेखि अढाई दिनमा पुगिन्छ । बाटोमा गोठालाहरुले पर्यटक तथा दर्शनार्थीहरुको स्वागत सत्कार गर्छन् ।
बुढीनन्दा तालको विराट प्राकृतिक सौन्दर्यतालाई बुढीनन्दा बासिको आयआर्जनको एउटा माध्यम बनाउन सकेका खण्डमा व्याप्त बेरोजगारी, गरिबी लगायतका समस्या समाधान गर्न सकिन्छ। यसले एकातिर पर्यटकीय गन्तव्यको विकास हुन्छ भने अर्कातिर स्थानीय उपजको बजारीकरण गरी बजारलाई खण्डीकरण गरी समावेशी र उच्च आर्थिक वृद्धि हासिल गर्न सकिन्छ।