प्रदेश 1

धरान ६ मा नेपाल महिला संघ गठन

२४ साउन, धरानः नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघको धरान ६ मा गठन भएको छ । नेपाली कांग्रेस वडा कार्यसमिति, धरान ६ को पहलमा नेपाल महिला संघ प्रदेशसभा १(१) की सभापति निर्मला नेपालको उपस्थितिमा संघको गठन भएको हो ।
कार्यक्रममा उपस्थित भेलाले अध्यक्षमा सोनी शेर्पा, उपाध्यक्षद्धयमा सजु कटवाल र रुका दर्लामी, सचिवद्धयमा सुनिला राई र रमिला बस्नेत, कोषाध्यक्षमा गीता विशुंंखे, सदस्यहरुमा चम्पा तामाङ, गंगादेवी तामाङ, लक्ष्मी योञ्जन, निशा श्रेष्ठ, डम्वर कुमारी विश्वकर्मा, रुपा राई, तारा कटवाल र निरु विशुंखेलाई सर्वसम्मत चयन गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नेपाली कांग्रेस सुनसरी १ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, प्रदेशसभा १(१) की उपसभापति झुमादेवी राई, धरान उपमहानगर सचिव जितेन्द्र राई, ६ नं. कार्यवाहक वडा सभापति विरबहादुर कार्की, वडा सचिव दिशान श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए ।
सोही कार्यक्रममा कार्यावाहक सभापति विरबहादुर कार्कीको अध्यक्षतामा वडा कार्यसम्पादन समिति समेत उद्घोष गरिएको थियो । कार्यसम्पादन समितिमा दिशान श्रेष्ठ, शरण मग्राती, कृष्णकुमार राई(भुपाल), देवेन्द्र दाहाल, तारा कटवाल, दिपा गौतम, दिलु मगर, अमृत श्रेष्ठ, हर्क तामाङ, खेम योञ्जन, सोनु आचार्य र योगेन्द्र वि.क. रहेका छन् ।