प्रवास

उपसभापति गुरुङले भने, ‘आज नेताहरुमा देश र जनताका लागि निष्ठाको राजनीति गर्ने दृढता चाहिएको छ’

२ भदौ, काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले शुक्रराज शास्त्रीलाई अन्तिम इच्छा के छ ? भनेर सोध्दा ‘आफ्नो गलाको फाँसी आफै लगाउने’ इच्छा व्यक्त गरेर प्रजातन्त्र प्रतिको समर्पणमा दृढता देखाएका उदाहरण दिएका छन् ।
उनले उदाहरण दिँदै आज नेताहरुमा देश र जनताका लागि निष्ठाको राजनीति गर्ने दृढता चाहिएको छ।’ भनेका छन् ।
उनको ट्वीटः
शुक्रराज शास्त्रीलाई अन्तिम इच्छा के छ ? भनेर सोध्दा ‘आफ्नो गलाको फाँसी आफै लगाउने’ इच्छा व्यक्त गरेर प्रजातन्त्र प्रतिको समर्पणमा दृढता देखाएका थिए।
आज नेताहरुमा देश र जनताका लागि निष्ठाको राजनीति गर्ने दृढता चाहिएको छ।’ नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको कार्यक्रममा उपसभापति गुरुङले उक्र कुरा बताएका हुन् । राजनीतिक कार्यक्रममा भाग लिँएर नेता गुरुङ नेपाल फर्किईसकेका छन् ।