गण्डकी प्रदेश

खुला भजन चुड्का प्रतियोगितामा शिशुवा सत्सङ्ग भजन समूह प्रथम

४ भाद्र, गण्डकी । राधाकृष्ण सांस्कृतिक समूह पोखरा महानगरपालिका–३२ द्वारा आयोजित खुला भजन चुड्का प्रतियोगितामा शिशुवा सत्सङ्ग भजन समूहले प्रथम स्थान हासिल गरेको छ ।

श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा आयोजित प्रतियोगिताको द्वितीय स्थान माछापुच्छ्रे भजन समूह हेमजा, पोखरा–२५ले प्राप्त ग¥यो भने पञ्चासे भजन समूह पोखरा–२४ ले तृतीय स्थान हासिल ग¥यो । प्रतियोगिताको सान्त्वना स्थानमा काम धेनु कृषि महिला भजन समूह, हेमजा पोखरा–२५ ले हासिल ग¥यो । प्रतियोगिताका विजयी प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः रु ४० हजार, ३० हजार, २० हजार १० हजार पुरस्कार र प्रमाणपत्र प्रदान गरियो ।

प्रतियोगिताको उद्घाटन समारोहमा गण्डकी प्रदेशसभा सदस्य दीपक कोइरालाले मौलिकतायुक्त प्राचीन संस्कृतिको जगेर्ना हामी सबैको दायित्व भएको बताए । रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले धर्म, संस्कृति हाम्रा सम्पत्ति भएको बताउँदै यिनीहरूको जगेर्ना गर्नुपर्नेमा जोड दिए ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्यबहादुर खड्का बिखर्चीले प्रदेशमा विद्यमान कला संस्कृतिको जगेर्नाका लागि प्रतिष्ठानले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

राधाकृष्ण सांस्कृतिक समूहका अध्यक्ष विश्वभुषण खनालले समूहका तर्फबाट प्राचीन संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ बर्सेनि श्रीकृष्ण जन्माष्टमीका अवसरमा कार्यक्रम गर्दै आइएको बताए । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष छत्रधर आत्रेय, भोलाप्रसाद भण्डारी, सञ्जय ढकाललगायतले लोपोन्मुख संस्कृतिको जगेर्नाका लागि सबैको साथ र सहयोग आवश्यक हुनेमा जोड दिए ।

प्रतियोगिताको मुख्य प्रायोजकमा गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठान रहेको छ भने प्रथम पुरस्कार प्रयोजकमा पद्म जगत् स्मृति प्रतिष्ठान, सहप्रायोजकमा पोखरा प्रज्ञा प्रतिष्ठान, तृतीय पुरस्कार प्रयोजकमा सुमन वाग्ले र सान्त्वना पुरस्कार प्रायोजकमा हारती एग्रिभेट इन्डष्ट्रिज प्रालि रहेको छ ।

प्रतियोगितामा कुल ११ समूहले भाग लिएको समूहका सचिव पुष्पराज शर्मा पौडेलले जानकारी दिए । कार्यक्रममा नेवार, गुरुङ र मगर समुदायका कलाकारले अप्रतियोगीका रूपमा आ–आफ्ना जातजातिका संस्कृति झल्ने प्रस्तुति देखाएका थिए ।