प्रदेश 1

अब धरानको लागि श्रमदान नगर्ने बिद्यार्थीलाई फेल गर्छौंः मेयर साम्पाङ

८ भदौ, काठमाडौं । धरान उपमहानगरपालीकाका मेयर हर्क साम्पाङले धरानमा नगरको बिकासको लागि श्रमदान नगरे कक्षा उतीर्ण नहुने नियम लागु गरिने बतथाएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उक्त कुरा बताएका छन् ।
मेयर साम्पाङले श्रमदानको अर्थ बेस्सरी काममा जोत्ने भन्न खोजेको होइन प्रतीकात्मक हुनेछ विद्यार्थीको सहभागिता हुने खुलस्त गरेका छन् ।

उनको स्टाटस्ः धरानमा नगरको बिकासको लागि श्रमदान नगरे कक्षा उतीर्ण नहुने नियम लागु गरिनेछ ! श्रमदानको अर्थ बेस्सरी काममा जोत्ने भन्न खोजेको होइन प्रतीकात्मक हुनेछ विद्यार्थीको सहभागिता !