प्रदेश 1

सुनसरी ३ बाट शक्तीसाली काँग्रेस नेता बिजय गच्छादार प्रत्यक्षतर्फ सर्वसम्मत सिफारिस

१९ भदौ, दुहबी । आसन्न मंशिर ४ मा सम्पन्न हुने संघ र प्रदेशको निर्वाचनमा देशै भरि १६५ सिट संघिय संसदका लागि प्रत्यक्ष तर्फको उमेदवार सिफारिस गर्न भनि नेपाली कांग्रेस केन्द्रीय समितिको परिपत्र अनुसार नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिको बैठक साह सेवा समितिमा बसेको थियो । सुनसरी क्षेत्र नम्बर ३ का सभापति मेहेदि हुसैनको सभापतित्वमा बसेको उक्त बैठकमा यस क्षेत्रका माहासमिति सदस्य, माहाधिबेशन प्रतिनिधि , जिल्ला तथा क्षेत्रका पदाधिकारी, पालिका तथा वडाका पदाधिकारी सहितको उपस्थित रहेको थियो।

बैठकले प्रतिनिधिसभा प्रत्यक्ष तर्फ सर्वसम्मत रुपमा केन्द्रीय सदस्य, पुर्व उपप्रधानमन्त्री, ६ पटक सम्म अभिजित बिजय हासिल गरि इतिहासमै नाम लेखाउन काँग्रेसका शक्तीसाली नेता बिजय कुमार गच्छादारको एकल नाम सिफारिस सहित सर्वसम्मत निर्णय गराएको छ।
उक्त निर्णय सहितको सिफारिस पछि क्षेत्रीय सभापति मेहेदि हुसैन, माहाधिबेशन प्रतिनिधि तथा दुहबि नगरप्रमुख बेद गच्छादार, जिल्ला कोषाध्यक्ष्य ओम थापा लगायतले ऐक्यबद्दता जनाउदै आगामि निर्वाचनमा बिजय गच्छादार लाइ इतिहस कै अत्यधिक बहुमत सहित बिजय गराउने अभिब्यक्ति दिएका थिए। उनिहरुले सुनसरी ३ काँग्रेसको उर्बर भुमि रहेको, अन्य दलका उमेदवार ले पैसाको खोलो नै बगाएर पनि जनता चेतनशिल भएको हुदा बिक्री नहुने बिस्वास जनाउदै प्रतिद्वन्द्वीलाइ धुलोचाएरै परास्त गर्ने ठोकुवा गरेका थिए।

बिजय गच्छादार बिरुद्द भ्रमको ढोँग पिटेर जनतालाइ पटक पटक झुटो आस्वासन दिदै राजनितिक लाभ लिन खोज्ने भ्रामक तत्वहरु अब सोझा सिधा गाउलेहरुलाइ ठग्न मुकुन्डो लगाएर गाउ पस्न थालेको प्रति सजग गराउदै यस्ता जनता ठग्ने हरुलाइ अहिले देखि नै चिन्नु पर्ने र जवाफ दिनु पर्ने अधिकाँस वक्ताहरुले सचेत गराएका थिए।