प्रदेश 1

सुनसरी सभापति आचार्यको नाम ठेकेदार अन्सारीले सिफारिसबाट किन हटाए, अन्ततः जिल्लाले थपेर पठायो

२० भदौ, इनरुवा । नेपाली काँग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिका सभापति बाबुराम आचार्यलाई नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति अयुव अन्सारीले प्रदेश क बाट सभापति उपेन्द्र बहादुर कट्वालले पठाएर आएको नामलाई उनको क्षेत्रबाट जिल्लामा सिफारिस गरेनन् ।
कोशी गाउँपालीकाका मेयरसमेत रहेका ठेक्कापट्टामा लागेर अकुत पैसा कमाएका अन्सारी केहीदिन बिदेश घुमेर १८ गते राती नेपाल आएका थिए ।
नेपाली काँग्रेस पार्टीको निर्देशन बमोजीम देशभर चुनावी अभियान चलाएर प्रदेश क्षेत्र, संघीय क्षेत्र र जिल्लाबाट प्रदेश र संघको नाम सिफारिस गर्न निर्देशन दिँदै कार्यकर्ताहरु ब्यस्त रहेका बेला परिवारसहित बिदेश घुम्न गए गएर स्थानीयबाट आलोचित अन्सारी पछिल्लो समय सुनसरीको क्षेत्र नम्बर ४ का आम कार्यकर्तामा बद्नाम हुँदै गएका छन् ।
२०७४ सालको प्रतिनिधि सभा निर्बाचनमा बिजयी भएका संघीय साँसद ज्ञानेन्द्र बहादुर कार्की निकट मानिने कोशी गाउँपालीका प्रमुखसमेत रहेका सभापति अन्सारी क्षेत्र नम्बर ४ मा बिजयी भएर देशकै शक्तीसाली सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका ज्ञानेन्द्र बहादुर कार्कीलाई २०७९ साल मंसिर ४ को सरकारले घोषणा गरेको निर्बाचनमा भित्रभित्रै हराउन लागेको जिल्लाका स्थानीय नेताहरु बताउँछन् ।
स्थानीय स्तरमा पत्तचायतकालपछि सामान्य परिवारका अन्सारी पछिल्लो समय बिभिन्न स्थानमा बिशाल घरसहित अकुत सम्पती आर्जन गरेको स्पष्ट देखिने उनका निकटका साथीहरुको बुझाई छ ।
काठमाडौंमा बसी सुनसरी काठमाडौं सम्पर्क समितिमार्फत जिल्लाबाट आएका नेता, कार्यकर्ता, जनताको सेवामा रातदिन नभनि खटिने नेता आचार्यलाई नेपाली काँग्रेसका बरिष्ठ नेता डा शेखर कोईराला निकट भन्दै नाम काटेको क्षत्रिय बैठकमा उपस्थित एक नेताले नाम नभन्ने शर्तमा सुर्यखबरलाई बताए ।
भूमिगत कालको उत्तरार्धमा पटक पटक नेकपा माओबादीको आक्रमणमा परी ज्यानसमेत जोखिममा राखेर काँग्रेस राजनीतिमा सकृय आचार्यको नाम सुनसरी जिल्ला कार्यसमितिले सिफारिस गरेको गरेपनि अयुवले गुटबन्दीका आधारमा नाम काटेर गलत राजनीतिक संस्कार बसाएको स्थानीयको आरोप छ ।
सभापति अन्सारीसँग पछिल्लो समय पार्टीलाई ब्यापारीकरण गराएको, गुटबन्दीलाईबढाउँदै कार्यकर्तालाई अपमान हुनेगरी पार्टी कृयाकलाप गरेकोलगायतका आरोप छ ।
कुनैबेला काँग्रेस सभापति गिरिजा प्रसाद कोईरालाको क्षेत्र समेत पर्ने सुनसरीको क्षेत्र नम्बर ४मा शुसील कोईरालासँगसमेत निकट रहेका काँग्रेस राजनीतिमा सकृय आचार्यको नाम काट्नु गलत भएको जिल्ला नेताहरुको ठम्याई छ । पत्रकारीतामासमेत अनुभब भएका सभापति आचार्य सुनसरीको ४ प्रतिनिधि सभा निर्बाचनमा स्वतन्त्रबाटै निर्बाचन लड्नै हैशियत राख्छन् ।