साहित्य

एच.बि खत्रीद्धारा लिखित ‘स्वतन्त्र नेतृत्ववाद’ को विमोचन

१२ असोज, काठमाडौं । लामो सययदेखि सामाजिक अभियानमा सक्रिय युवा एच.बि खत्रीले ‘स्वतन्त्र नेतृत्ववाद’ नामक पूस्तक सार्वजनिक गरेका छन् ।

पछिल्लो संधिय संसद र प्रदेश सभा निर्वाचनको मिति घोषणा सँग स्वतन्त्र उम्मेदबार घोषणाको क्रम चलिरहेको बेला युवा लेखक खत्रिले ‘स्वतन्त्र नेतृत्ववाद’ पुस्तक सार्वजनिक गरेका हुन् ।
मङलबार राजधानीको मिनभवनस्थित थाहाँ लाइब्रेरीको हलमा कार्यक्रमकाबीच एचबी खत्रीद्धारा लिखित ‘स्वतन्त्र नेतृत्ववाद’ पुस्तकको विमोचन प्राध्यापक डा.उत्तम खनाल प्रा.डा.गोपी लाल न्यौपाने, अभियान्ता बिनोद डाँगीले पुस्तकको बिमोचन गरेका हुन् ।
बिमोचन पछि बोल्दै प्रा.खनाले ‘स्वतन्त्र नेतृत्ववाद’ पुस्तकले इतिहासमा नयाँ वादको रुपमा आएकोले यसले नेपाली राजनीतिमा नयाँ तरङ्ग ल्याउने बताए । प्रा. डा. गोपी लाल न्यौपानेले पुस्तक समयसापेक्ष भएको स्वतन्त्रताको पक्षमा लेखिएको र जुन असल नेताले एकपटक पढ्नैपर्ने बताए । साहित्यकार रुपसिंह भण्डारीले वाद विकास हुन समय लाग्ने भन्दौ समयसँगै स्वतन्त्र नेतृत्ववादलाई परिमार्जन गर्दै लैजान सुझाउनु दिए । लेखक खत्रीले उपस्थित सबैलाई धन्यवाद दिदै स्वतन्त्र नेतृत्ववादले युवा पुस्तालाई कसैको चाप्लुसी नगरी नेतृत्वमा पुग्न मद्धत पु¥याउने बताउँदै लेखकको धर्म लेखेका र बाँकी प्रतिक्रियाका लागि आजबाट पुस्तकलाई पाठकको जिम्मामा लगाएको बताएका थिए ।

सोही कार्यक्रममा विश्व किर्तिमानी गिनिज बुक अफ वर्ल्ड रेकर्ड होल्डर चित्र कुमार कार्कीले गिनिज बुकको तर्फबाट मायाको चिनो स्वरुप मेडल प्रदान गरेर लेखकलाई सम्मान एवं हौसला प्रदान गरे । पुस्तकमा स्वतन्त्रहरुको अभियानलाई मार्गनिर्देशन गर्ने पुस्तकले सहयोगले गर्ने बताईएको छ । कार्यक्रममा लेखक, समाजसेवी, पूर्वसरकारी अधिकारीहरु लगायत विभिन्न क्षेत्रका बिशिष्ट व्यक्तीत्वहरुको सहभागिता रहेको थियो ।