प्रदेश 1

सुनसरीका प्रहरी प्रमुखद्वारा कैदीबन्दीलाई टिका

१९ असोज, इनरुवा । बडा दसैँको अवसरमा सुनसरीका प्रहरी नायव उपरीक्षक राजकुमार राईले कैदीबन्दीलाई टिका लगाइदिएका छन् ।

डिएसपी राईले आज एक कार्यक्रमको आयोजना गरी २४ कैदीबन्दीलाई दसैँको टिका र जमरा लगाइदिएका हुन्। विभिन्न मुद्दाअन्तर्गत थुनामा रहेका कैदीबन्दीलाई दसैँको आभास दिलाउन उनले टिका र जमरा लगाइदिएका छन्। 

“दसैँमा कसैलाई खल्लो महसुस नहोस भनेर कैदीबन्दीलाई टिका र जमरा लगाइदिएको हुँ”, उनले भने ।