२४ असोज, बिराटनगर । नेपाली काँग्रेसका बरिष्ठ नेता डा शेखर कोईराला बिराटनगरस्थीत नोबेल अस्पतालमा उपचार गराईरहनुभएका नेपाली काँग्रेसका नेता एबम् मोरङ क्षेत्र नम्बर ४ क का काँग्रेस प्रदेश सभा उम्मेद्वार गुरुराज घिमिरेको स्वास्थ्य स्थीति बुझेका छन् ।
केहीदिनदेखी डेंगुका कारण सिकिस्त भएका नेता घिमिरे उपचारका लागि नाबल अस्पतालमा उपचाररतः छन् । काठमाडौंबाट दशैं छेक बिराटनगर गएका घिमिरेलाई टाउको दुख्नेलगायतका समस्या भएपछि उपचारका लागि अस्पताल भर्ना भएका हुन् ।बरिष्ठ नेता कोईराला मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभामा उम्मेद्वारसमेत छन् ।
हिजोमात्र नेता कोईरालाले कार्यकर्ताहरुको ब्यापक उपस्थितिमा भब्य रुपमा मोरङ ६ बाट मनोनयन गराएका थिए ।





