प्रदेश 1

सञ्चार मन्त्रीको क्षेत्र सुनसरी–४ः एकजनाले पनि लिएनन् उम्मेद्वारी फिर्ता, १२ स्वतन्त्रसहित २५ जना कायम, कसले जित्छ ?

सबु खड्का २७ असोज, इनरुवा । सुनसरी क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा क्षेत्रका लागि १६ जनाको उम्मेद्वारी कायम रहेको छ ।
निबाचन आयोगले २५ जना उम्मेद्वारहरुबाट भएको प्रतिनिधि सभाको उम्मेद्वारी फिर्ता लिने अबधी सकिएपछिको सार्बजनिक गरिएको विवरण दिएको छ ।
निर्बाचन आयोगका अनुसार नेपाली काँग्रेसका बरिष्ठ केन्द्रीय सदस्य एबम् बर्तमा सूचना तथा संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की २०७४ सालमा निर्बाचित भएको क्षेत्र सुनसरी ४ मा १२ जना स्वतन्त्र उम्मेद्वारहरुले प्रतिनिधि सभामा उम्मेद्वारी दिएका छन् ।
अर्को फरक कुरा त के भने उक्त क्षेत्रमा कुनैपनि स्वतन्त्र वा अन्य उम्मेद्वारहरुले आफ्नो उम्मेद्वारी फिर्ता लिएनन् । उनीहरुलाई उम्म्द्वारी फिर्ता लिन कसैले पहलसम्म नगरेको एक उम्मेद्वारले सुर्यखबरलाई बताए ।
नेकपा एमालेबाट प्रतिनिधि सभाको उम्मेद्वारको रुपमा जगदीश प्रसाद कुशियत छन् । गिरिजा प्रसाद कोईरालाले मोरङ र सुनसरी दुई स्थानबाट बिजय प्राप्त गर्दा एक स्थानमा छाडेपछि उक्त क्षेत्रमा भएको उपनिर्बाचनबाट साँसदमा झण्डै २५ बर्ष अगाडी बिजय भएका कुशियत प्रदेश सभा ‘क’ बाट २०७४ सालको निर्बाचनमा बिजय भएपछि ओली सरकारको पालामा प्रदेश मन्त्री बनेका थिए ।
सुनसरीमा १२ जना स्वतन्त्रत्र उम्मेद्वारहरुले उम्मेद्वारी दिएका छन्, समिर मंसुरी, धिरज बर्मा, केशव उराबँ, फेकन दनस मोची, बिद्यानन्द प्रसाद साह, खालिद हुसेन हक, श्याम प्रसाद ढकाल, केशव कार्की, डिल्ली बहादुर बिष्ट, मनोज कुमार मण्डल, बालेश्वर मण्डल अब्दुल जब्धार अन्सारि स्वतन्त्र उम्मेद्वारहरु रहेका छन् ।
काँग्रेस र एमालेबाहेक पार्टीहरुबाट राप्रपाबाट बिद्यानन्द यादब, नेमकिपाबाट अर्जुन भट्टराई, लोसपाबाट प्रा.कुञ्जीलाल यादब, जनमत पार्टीबाट देबराम यादब, जनता प्रगतीशील पार्टीबाट गलाबचन मुसहर, नेपाल कम्युनिष्ट पार्टी माओबनदी समाजबादीबाट कुमार राई, नेपालका लागि नेपाली पार्टीबाट डम्बर प्रसाद घिमिरे, राप्रपा नेपालबाट सत्यनारायण राम, संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चबाट मों सदिक मिया, एकीकृत शक्ती नेपालबाट गोपाल नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट जीवन कुमार श्रेष्ठले उम्मेद्वारी दर्ता गराएका छन् ।
२०७४ सालको निर्बाचनमा राप्रपाका रमेश श्रेष्ठलाई नेकपा एमालेले उम्मेद्वार बनाएका कारण सहज रुपमा बिजय हाँसिल गरेका बर्तमान संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई अहिले स्थानीय बासिन्दा एमाले उम्मेद्वार जगदीश प्रसाद कुशियतको चुनौती त छंदैछ, त्यसबाहेक १२ जना स्वतन्त्रहरुमा धेरैजसोले काँग्रेसको मत काट्ने स्थानीयले बताउँछन् । यस्तै उक्त क्षेत्रमा रवि लामिछानेको पार्टी, ज्ञानेन्द्र शाहीको पार्टी, काँग्रेस छाडेर गएका लोसपाबाट उम्मेद्वार बनेका प्रा. पुजीलाल यादवलगायतको चुनौती देखिन्छ ।
स्थानीय मन्त्री कार्की निकट काँग्रेस नेताहरुको सल्लाहमा बराहक्षेत्र नगरपालीका, भोक्राहा नर्सिंह–कोशी, हरिनगर, इनरुवाका केही वडा कँँग्रेसले बिजय गरेकोले सहजै विजय हाँसिल गरिन्छ भन्ने आँकलन बनेका मन्त्री कार्कीलाई बिजय प्राप्त गर्न त्यति सहज भने नभएको जिल्लाका काँग्रेस कार्यकर्ताहरुको भनाई छ ।
२०७४ सालको निर्बाचनमा प्रदेश सभा ‘क’ बाट उम्मेर्द्वार बनेका रेवती रमण दुलाललाई एमाले उम्म्द्वार कुसिशयतले पराजीत गरेका थिए । प्रदेश सभा ‘ख’ मा भने काँग्रेसले त्यसबेला पनि बिजय हाँसिल गरेको हो । अहिले प्रदेश सभा ‘क’ बाट सडानन्द मण्डललाई टिकट दिईएको छ भने ‘ख’ बाट इस्रायल मन्सुरीले टिकट पाएका छन् । प्रदेश सभा ‘क’ मा पहाडीया समुदायको बढी बसोबास भएकाले पहाडियाले टिकट पाउनुपर्ने मागसहित बराहक्षेत्र नगरपालीकाका मेयर रमेश कार्कीसमेत त्यसको लविङका लागि मन्त्री कार्कीलाई भेट्न काठमाडौं आएको कार्की निकटहरु बताउँछन्, मन्त्री कार्की निकट भएर बराहक्षेत्र नगरपालीका काँग्रेसका नगरसभापतिसमेत रहेकाले मेयर बन्ने सौभाग्य पाएका रमेश कार्कीले बिगतदेखी नै प्रदेश सभा ‘क’ का सभापति उपेन्द्र बहादुर कट्वालको पक्षमा टिकट पाउन लविङ गरेको बताईन्छ । नेकपा एमालेबाट प्रदेश सभाका लागि ४ ‘क’ मा पर्शुराम बस्नेत र ४ ‘ख’ मा अब्बास अन्सारीले उम्मेद्वारी दिएका छन् । अब्बास अन्सारी कँँग्रेसबाट केही समय अगाडीमात्र एमालेमा प्रवेश गरेका ब्यक्ती हुन् ।
देशभर गठबन्धन भएर अन्य पार्टीलाई टिकट दिईएको भएपनि उक्त सुनसरी क्षेत्र नम्बर ४ मा भने प्रनिनिधि सभा र प्रदेश सभा दुबैमा काँग्रेसले लिएको रुखलाई मतदान गर्न पाएको छौं भन्दै कतिपय काँग्रेस कार्यकर्ता भने खुसी छन् । भोजपुरमा पटक पपटक निर्बाचन हारेका सञ्जार मन्त्री कार्की सुनसरीले बिजय गराएपछि सुनसरीका जनतासँग खुसी त छन् तर स्थानीय जनताले बिजय गराएपनि मन्त्रालयबाट हुने बिभिन्न नियुक्तीलगायतमा जिल्लाबासी, क्षेत्रबासीको काम नगरेकोमा आक्रोशित छन्, मन्त्री कार्कीले मतदातालाई अवमुल्यन गर्दै हिँडे भारी मतले पराजीत हुने आक्रोशितहरुको भनाई छ । ०२७४ सालमा ४ क्षेत्रमध्ये ३ क्षेत्र बिजयी हुन सफल काँग्रेसको गढ मानिएको सुनसरी क्षेत्र नम्बर ४ मा अहिलेमंसिर ४ मा भने मन्त्री कार्की अन्य भन्दा बलियो देखिएपनि कुशीयत पनि कमजोर नभएको वा यसले नै जित्छ भन्ने अवस्था नभएको स्थानीय स्वतन्त्र नागरिकहरुको तर्क छ । काँग्रेसका जिल्लाका पुराना नेताहरुलाई बिगारेर पार्टी बर्बाद गरेको आरोप लाग्ने गरेका मन्त्री कार्कीले चुनौतीको कामना गरेर आगामी निर्बाचनमा बिजय भए उनको राजनीतिक भबिश्य अझै उज्वल भएको स्थानीयको तर्क छ । पछिल्लो समय अलि बढि ढुक्क भएर गएकाले चुनौती थपीएको उनीहरुको बुझाई छ ।