साहित्य

रुख

-कविता -ओम आचार्य


यौटा यौटा विजहरुबाट
थुप्रै रुखहरु उम्रन्छ
र यसरी रुखहरुको जंगल वन्छ
विज शक्तीशाली हुन्छ
बिज त चराहरुको पशुहरुको
पुरुषहरुको पनि हुन्छ
विज नष्टभयो भने सन्तुलन विग्रन्छ
सन्तुलन राख्नैको लागी
विज रोपौ
रुख जोगाँउ
र रुख बडाऔं
हाम्रो विचार पनि विज हो
हाम्रो धर्म सिध्दान्त र निष्ठा पनि विज हो
विज सुरक्षित राखौं
विजमा कुनै किरा नलागोस
रुखको विजमा
अरु कुनै विज नमिसाउ
अचेल विजहरु त
किराले खाएका सडेका र खोक्रा हुन्छन
यस्ले रुखको बिजलाइ संक्रमित गर्दै
उम्रन दिदैन
र रुखको जंगल हुनदिदैन
र हामीले खोजेको जस्तो छाहारी
हामिले खोजेको जस्तो सुरक्षा पाउदैनौं
रुख जीवन हो
यसैबाट हाम्रो जीवन
प्रस्फुटित र पल्लवित हुन्छ
रुख छ र जीवन छ
रुख बचाऔं
रुखको बिज घर घरमा बाडौं
र यौटा यौटा विजबाट
विशाल रुखहरु वनाउ
र त्यसलाइ दरो संग अंगालो मारौं
परिवारलाइ अंगालो मारे जस्तै
परिवारलाइ अंगालो हाले जस्तै
रुखलाइ अंगालो हालौं
रुखनै जीवन हो
जीवन नै रुख हो