२९ असोज, बिराटनगर । उदयपुर सिमेन्टका कर्मचारीहरुले दुईदिनभित्र उदयपुर सिमेन्टका महाप्रबन्धकलाई कार्यालयमा उपस्थित भएर समस्या तत्काल समाधान गर्न अल्टिमेटन दिएका छन् ।
नेपाल औद्योगीक मजदुर संघलगायतका चार कर्मचारीका संगठनहरुले हस्ताक्षर गरी ज्ञापन पत्र सार्बजनिक गर्दै कर्मचारीहरुले महाप्रबन्धकसँग पाँचवटा मागहरु पेश गरेका छन् ।
कर्मचारीहरुले सिमेन्टका अध्यक्ष र बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पनि बोधार्थ दिएका छन् । केही महिनादेखी उदयपुर सिमेन्ट बन्द छ, सुरेन्द्र कुमार पौडेल महाप्रबन्धक हुँदा फाईदामा गएको उदयपुर सिमेन्ट पछिल्ला समयमा समस्याग्रत हँदै गएको छ ।





