प्रदेश 1

एकताबद्ध र अनुशासित भई काँग्रेस उम्मेद्वार विजय गराउन लागि पर्नुस्– अध्यक्ष गुरुङ

१ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दल सुनसरी सुनसरीले जिल्ल मातहतका तरुण नेताहरुलाई मंसिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्बाचनमा नेपाली काँग्रेसका उम्मेद्वारहरुलाई बिजयी गराउन एकताबद्ध र अनुसासित भएर लागि पर्न परिपत्र गरेको छ ।
प्रदेश १ का नेपाली काँग्रेस सदस्यसमेर रहेका जिल्ला अध्यक्ष सिजन गुरुङ र सचिव रमेश कट्वालले परिपत्र गर्दै वडा, गाउँ, नगर, उपमहानगर, प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रका सबै तरुणहरुलाई उक्त निर्देशन परिपत्रमार्फत दिईएको छ ।
नेपाली काँग्रेसले ४ वटा क्षेत्रमा ३ वटा क्षेत्र बिजय हासिल गरेको सुनसरीमा २, ३ र ४ नम्बर क्षेत्रमा काँग्रेसबाट उम्मेद्वारी दिएको छ । क्षेत्र नम्बर १ र प्रदेश सभाका बिभिन्न क्षेत्रमा गठबन्धनलाई मिलाएर टिकट दिईएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्बाचनमा काँग्रेसले सम्मानजनक बिजय हाँशिल गर्न तरुण दलको भूमिका महत्वपूर्ण हुने बताईन्छ ।