२ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता डा शेखर कोईरालाले मोरङबासीहरुको हीतहुनेगरी विकासका योजनाहरु ल्याएर अगाडी बढ्ने बताएका छन् ।
आज मोरङ क्षेत्र नम्बर ६ बाट काठमाडौं आई बसोबास गर्नेहरुसँगको छलफल कार्यक्रममा बोल्दै आगामी निर्बाचनमा नेपाली काँग्रेसका उम्मेद्वारहरुलाई बिजय गराउन सबैको भूमिका हुने हुँदा त्यसतर्फ लाग्नु आग्रह गरेका छन् । बरिष्ठ नेता कोईरालाले बीपी कोईराला पहिले बिराटनगरले सोच्ने र पछिमात्र काठमाडौं सोच्ने भनेको स्मरण गर्दै बिराटनगरको सम्मान गर्न पनि आफु बिजय हुनुपर्ने बताएका थिए ।
उल्लेख्यमात्रामा उपस्थिति रहेको डा कोईरालाको भेटघाट कार्यक्रममा सहभागीहरुबाट परिचयसहित सुझाव पनि मागिएको थियो ।
सहभागीहरुले आफूहरु डा कोईरालालाई मोरङ ६ बाट बिजय गराउन लागि पर्ने र डा कोईरालाको जित भनेको बिराटनगरबासी, मोरङबासीमात्र नभएर प्रदेश नम्बर १बासी र देश–बिदेशमा बस्ने नेपालीको जीत भएको बताएका थिए ।
प्रतिकृया दिने क्रममा डा कोईरालासँग पार्टीभित्र र बाहिरका सबैशक्तीलाई मिलाएर देश हाँक्ने क्षमता भएकोले प्रदेश नम्बर १ का सबै लागेर भएपनि डा कोईरालालाई बिजय गराउनुपर्ने बिचार राखेका थिए । उनले ओली सरकारको बेलामा विकासका साना साना योजनासमेत आफ्नो अनुरोधलाई नमानेको भन्दै अव तलैसम्म विकासका योजनाहरु अगाडी बढाउन काँग्रेस बिजय हुनुपर्ने बताए ।
मोरङ क्षेत्र नम्बर ६ मा जनताको घरदैलोमा ब्यस्त बरिष्ठ नेता कोईराला छोटो समयका लागि काठमाण्डौ आएका बेला निर्बाचनमूखी भेटघाट कार्यक्रम राखेका हुन् ।






