सामाजिक सञ्जाल

उपसभापति धनराज गुरुङ चढेको गाडी दुर्घटना, स्वकीय सचिवसहित दुवै सकुशल

४ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ चढेको गाडी दुर्घटना भएको छ । कालिगण्डकी–६ इम्सिलको कार्यक्रमबाट फर्कने क्रममा गल्याङ बटुवामा सामन्य दुर्घटना भएको उपसभापति गुरुङले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
निर्बाचन प्रचारका लागि गृहजिल्लामा रहेका नेता गुरुङको बा १६ च २५४९ नम्बरको गाडी दुर्घटनामा परेको हो । नेता गुरुङले स्वकीय सचिव प्रेम केसी र आफु दुबै सुरक्षीत रहेको जानकारी दिएका छन् ।