साहित्य

शान्ति समाजद्वारा दुई साहित्यकार पुरस्कृत

५ कात्तिक, मोरङ । मानव अधिकार तथा शान्ति समाजले साहित्य क्षेत्रमा योगदान पु¥याएबापत दुईजना साहित्यकारलाई यहाँ पुरस्कृत गरेको छ ।

समाजद्वारा शुक्रबार यहाँ आयोजित एक कार्यक्रममा साहित्यकार सीमा आभासलाई रु २० हजार राशिको ‘राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान’  र मनु विश्वकर्मालाई रु २० हजार राशिको ‘नारायण दाहाल स्रष्टा सौगात’ पुरस्कारबाट सम्मान गरिएको छ । 

विराटनगर महानगरपालिकाका प्रमुख  नागेश कोइरालाले पुरस्कार वितरण गर्दै नगरले भौतिक संरचनाको विकासलाई भाषा, साहित्य र कलासँग जोड्न सके दिगो विकास हुने बताए ।

समारोहमा प्राज्ञ विवश पोखरेल, खेम नेपाली, एलिट क्लबका अध्यक्ष विश्वनाथ रिजाल, आयोजक संस्थाका मोरङ अध्यक्ष भेषराज पोखरेल, सचिव अशोक लामालगायतले साहित्य एवं संस्कृतिको विकासबाट मुलुकको समृद्धि झल्कने धारणा राखे ।