विचार/ब्लग

अहिले गठबन्धनलाई भोट हाल्नु भन्ने अनि भोलि तिमीलाई हामीले नेता मानिदिनु पर्ने ?

प्रकाश तिरुवा / निर्वाचन अथवा चुनाव प्रजातन्त्रको आधारभूत जग हो। निर्वाचनमा जनताका प्रतिनिधिहरू छानिन्छन्। विश्व परिवेशलाई नियाल्ने हो भने चुनाब अगाडी एलायन्स बनेको देख्न सकिन्छ तर त्यहाँ विचार मिल्ने राजनीतिक शक्तिका बीचमा एउटा एलायन्स बन्छ। उदाहरणार्थ अमेरिकी निर्वाचनलाई लिन सकिन्छ। अमेरिकामा डेमोक्रेटिक र रिपब्लिकन बीचमा अलग–अलग एलायन्स बन्छ। अमेरिका जस्तो उदार लोकतान्त्रिक व्यवस्थाको सवलीकरणका लागि अग्रस्थानमा रहेको देशमा छ तर यहीं मुलुकमा निर्वाचनमा एलायन्स नै बिचार मिल्ने समूहका बीचमा हुने गर्दछ। तर नेपालमा अहिर निर्वाचनको नयाँ अध्याय सुरुवात भएको छ बामलोकतान्त्रिक गठबन्धन एकातिर अनि सनातनवादी सहितको कम्युनिष्ट एलायन्स अर्का तिर।

निर्वाचन जित्नु मात्र सर्वस्व होइन भन्ने कुराबाट नेपालका राजनीतिक दलहरु मुक्त भएको पाउन सकिएन। यहाँ सबैको साझा उदेश्य आफू कसरी सत्ता र शक्तिका नजिक पुग्ने विचार र देश सामान्य रूपमा लिने परिपाटीले व्यवहारिक अभ्यासका लागि स्थान पाउनु दुखत हो भने अर्कातिर आम मतदातालाई आदेश पालका रुपमा लिने दुखत भन्ने पक्कै पनि होइन। लोकतान्त्रिक मुलुकको चरित्र यो होइन।

लोकतन्त्रको मक्सत आदेशको पालना कदापि हुन सक्दैन तसर्थ आझ हामिले नेताले जता भने त्यतै मतदान गर्दा भोलि हामिले कसरी हाम्रा प्रतिनिधिलाई आफू प्रति जवाफदेही बनाउने ? यो जटिल प्रश्न हो। आम मतदातामा यो साझा प्रश्नको रुपमा ज्वलन्त रुपमा देखा परेको छ। एउटा गैरसरकारी संस्थाले गरेको ‘राजनीतिमा नागरिक सहभागिता’ जस अनुसार नेपालमा ७० प्रतिशत नागरिक प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा राजनीतिक दलमा आबद्ध भएको देखिन्छ। यसर्थ पनि नेपालका राजनीतिक दलहरुले आम मतदातालाई आदेश पालकका रुपमा लिएका हुन सक्छन् तर यो दिर्घकालिन नहुन सक्छ।
आझ नेपालको राजनीतिक वृत्तमा जनलाई आश्रय पार्ने खालको एउटा नयाँ अध्याय सुरुवात छ, नेकपा एमाले जिन्दावाद, भोट के मा हलोमा भने अर्कातिर नेपाली कांग्रेस जिन्दावाद, भोट के मा कलममा वा हतौडमा, यो त उदाहरणार्थ पेश गरिएको हो। यसरी उदाहरणार्थ लिएको वाक्यांश कुनैपनि बिचार र सिद्धान्तमा आधारित देखिदैन। यो स्पटका साथ स्वयं आफू बन्न र अरुलाई बनाउन मात्र भएको देखिन्छ।
एलायन्स भनेको त समान बिचार समुह र एजेण्डामा समानता देखीने दलहरुका लागि हुने कुरा न हो। यहाँ त आझ आम नागरिकले भनेको ठाउँमा भोट हालिदिनु पर्ने भोलि उहीलाई नेता मानिदिनु पर्ने ? यो कसरी कुन दृष्टिकोणले स्विकार्न सकिन्छ होला? आम मतदातामा अन्यौलता नै छ।
तसर्थ यो कुरा सधैं अनुत्तरित छ आझ यो ठाउँमा यो चिन्हमा मतदान गरी दिनु भन्नेलाई भोलि कसरी नेता मान्न सकिएलारु
नागरिक लोकतान्त्रिक मुलुकको लागि महत्वपूर्ण अवयव हुन्। कुनै पनि लोकतान्त्रिक मुलुकमा नागरिक सर्वोच्चताको अग्रणी स्थान हुन्छ जुन सहभागिता र परिणाममुखी कार्यका हिसाबले। नागरिक विचार र अभिव्यक्तिका हिसाबले स्वतन्त्र र निष्पक्ष रुपमा रहेको एउटा महत्वपूर्ण शक्ति भएकाले अब नागरिक आदेश पालक होइनन् नुतन अभ्यासका सम्बाहक हुन्।
अहिले नेपालको सन्दर्भमा आधारित रहेर भन्ने हो भने देश निर्वाचन मय भएको छ। हरेक चोक र चिया पसलमा गठबन्धन र गठबन्धनमा आबद्ध दलका सम्बन्धमा चियोचर्चा भएको पाइन्छ। यहाँ हुने अधिकांश चियोचर्चा बनेका गठबन्धन र गठबन्धनमा आबद्ध दलका सम्बन्धमा केन्द्रित भएको पाइन्छ।
यसरी हुने चिया गफ र सामुहिक छलफलमा बनेका गठबन्धनका प्रति नकारात्मकता बढी देखिन्छ। गरेका फरक(फरक दृष्टिकोणले गर्दा यहाँ गठबन्धन माथि नागरिकको आशा भन्दा बढी चिन्ता स्पष्ट रुपमा देखिन्छ। केही नागरिकले त यसले झन राजनीतिक अस्थिरता निम्त्याउन भन्न समेत भ्याएका छन् भने केहीमा यो लोकतन्त्रको सवलीकरणका लागि सार्थक नहुने भन्नेसम्मको अभिमत छ। यसर्थ नेताहरुले स्पष्ट रुपमा बुझन जरुरी छ नागरिक मर्यादा पालक होइनन् नागरिक सार्वभौम सम्पन्न अधिकार प्राप्त हुन्छन्। नागरिकले आझ भनेको ठाउँमा भोट हालिदिएर भोलि तिनैलाई नेता मानिदि पर्ने परिस्थीती छैन। यसले एकातिर नेताको पहिचान खतरामा छ भने अर्कातिर विचारको क्षहिकरणको खतरा छ।