विचार/ब्लग

राणा शासन र राजनीति

रमेश काफ्ले / नेपालमा विभिन्न समयमा विभिन्न प्रकारका आन्दोलन भएका छन् । सबै खाले आन्दोलनमा नेपालमा खास खास उद्देश्य राखेर तत्तत उद्देश्य पूर्तिका निम्ति भएको आन्दोलन हो । २२ से २४ राज्यबाट विशाल नेपाल निर्माण गर्दाको अवस्थामा विश्वमा खास चासो र प्रविधिका हिसावले कम वलवान रहेको समय थियो । जब नेपालमा एकिकरण पश्चात वि.सं. १९०३ सालमा कोत पर्व भयो त्यसपछिको नेपालको अवस्था अर्कै प्रकारको रहेको पाइन्छ ।
नेपालको सन्दर्भमा सवैभन्दा लामो चलेको शासन व्यवस्था राणा शासन हो । यो व्यवस्था १०४ वर्ष चलेको थियो । वि.सं. १९०३ वाट वि.सं. २००७ सालसम्म चलेको यो व्यवस्थामा मानिसहरुमा शिक्षाको स्तर थिएन भन्दा पनि हुन्छ । त्यसवेला शासकले बोलेको कुरानै कानुन हुन्थ्यो । लुई १४ औं को एउटा भाई छ “म राज्य हु, मैले वोलेका सबै शब्द कानुन हुन् ।” ठ्याक्कै यो भनाइको चरितार्थ नेपालमा राणा शासनको समयमा हुने गरेको थियो । जब मानिसहरु उनीहरुका शासनबाट आजित भए तव उनीहरुका विरुद्धमा आन्दोलन गर्ने र मोर्चा वन्दी गर्ने कुरामा सहमत भई आन्दोलन भयो । नेपालमा राणा शासन हुदा भारतमा इष्ट इन्डिया कम्पनीका नामले अङ्ग्रेजले शासन गर्ने गर्दथे र नेपालका राणाहरुलाई भान्जा र भाइका शासन गर्ने अङ्ग्रेजलाई मामाका रुपमा चित्रित गरिन्थ्यो । जब भारतका अङ्ग्रेज विरोधी आन्दोलन भयो र भारतबाट अङ्ग्रेज विदा भए तव त्यसको प्रभाव नेपालमा पनि प¥यो । कृष्णप्रसाद कोइरालाको परिवार भारतमा निर्वासित जीवन विताई रहेको थिए र वि.पि.कोइराला भारत छोड आन्दोलनमा सरिक भएका र भारतबाट अङ्ग्रेज विदा भएपछि उनले नेपालमा पनि राणाको शासन रहेको र यसबाट मुक्त गरी नेपाल र नेपालीलाई स्वतन्त्र बनाउनु पर्छ भन्ने मान्यतामा साथ नेपालमा आन्दोलन गर्न नेपाली काँग्रेस पार्टीको स्थापना गरि आन्दोलन थाले भने पुष्प लालको नेतृत्वमा पनि नेपाल कम्निष्ट पार्टीको स्थापना गरी राणाको विरुद्धमा आन्दोलन भयो र २००७ सालमा नेपालमा शासनको अन्त्य भई प्रजातन्त्र प्राप्ति भयो । जव २०१५ सालमा आमनिर्वाचन भयो तव काँग्रेसले दुई तिहाई वहुमत ल्यायो । तर नेपालमा स्थिर सरकार र विकास देखेपछि विदेशी राष्ट्र र त्यसमा पनि भारतलाई तनाव भएपछि नेपालको प्रजातन्त्रलाई समाप्त पारी एक निर्दलीय पञ्चायती व्यवस्थाको सुरुवात गर्न प्रेरित गरियो र पञ्चायतीले पनि राम्रा काम गरि देशलाई विकास गर्न तर्फ लागेपछि र नेपाल आधुनिकतामा लागेपछि पुनः भारतलाई तनाव भई पञ्चायत विरोधी आन्दोलन गर्न लगाई नाकावन्दी जस्तो जघन्य मानवता विरोधी कार्य गरी पञ्चायती व्यवस्थाको अन्त्य गरायो र नेपाल माथि हस्तक्षेप बढायो । जव नेपालमा २०४७ सालमा प्रजातन्त्रको पुनः स्थापना भयो तव नेपालमा नेपाली काँग्रेसले २०४८ सालको आमनिर्वाचनमा वहुमत ल्यायो । यसपछि नेपालमा राजनीतिमा नातावाद क्रिपावाद सुरुभयो । आफ्नै राजनैतिक दलमा गुट उपगुट श्रृजना भई जनताहरु जनताभन्दा पनि कार्यकर्ता वन्न थाले र आफ्नै पार्टीको झगडाले २०५१ सालमा मध्यवादी निर्वाचनको घोषण भयो ।
यहाँवाट नेपालको दुरदशा अझ व्यापक वृद्धि हुनका साथै वैदेशीक हस्तक्षेप झन नाङ्गो रुपमा हुन थाल्यो । जव नेपालमा यस्तो अवस्था आयो तव यो समयसँगै ने.क.पा. माओवादी पार्टीको जन्म भयो । यो माओवादी आन्दोलन दश वर्ष चल्यो । त्यसपछि २४० वर्षको राजतन्त्र समाप्त भई गणतन्त्र स्थापना भयो । संविधान सभाको पहिलो र दोस्रो निर्वाचनले देशमा झन स्वतन्त्र जनताको सट्टामा सवैलाई पार्टीको कार्यकर्ता वन्न उद्दत ग¥यो । संविधान प्राप्तिसँगै भारतको इच्छा अनुसार नहुदा नेपालले उघोषित नाकावन्दी वेहो¥यो । जव २०७४ सालमा नेपालमा पहिलो पटक प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एक साथ भयो त्यस बखत ने.क.पा. एमाले र ने.क.पा. माओवादी मिलेर नेकपा वन्यो तव जनताले अव नेपालमा केही होला । स्थीरता आउला भनेर स्पष्ट वहुमत नेकपालाई दिएन । यसबाट नेपालमा विकास र सम्वृद्धि आउने देखेर पुनः वैदेशीक चलखेलमा नेकपालाई विभाजन गरियो । यो देशमा अर्को दुर्घटना थियो ।
यसपछि नेपाली काँग्रेसको नेतृत्वमा पाँचदलीय गठवन्दनको सरकार वन्यो । गाउँघरमा कपाली तमसुक गर्दा साक्षी किनारमा राखेभैm काँग्रेसलाई जनताले साक्षी किनारमा राखेका थिए । यसपछि नेपाली काँग्रेसको नेतृत्वमा पाँचदलीय गठवन्धनको सरकार वन्यो । गाउँ घरमा कपाली तमसुक गर्दा साक्षी किनारमा राखेभैm काँग्रेसलाई जनताले साक्षी किनारमा राखेका थिए । त्यो अवस्थाको काँग्रेस नआई देश अगाडि बढेन भन्ने मान्यता स्थापित गरियो । गठबन्धनको सरकारबाट नेपाली जनताले धेरै ठूलो अपेक्षा गरेका थिए तर पुरा हुन सकेन किनकी जो २०४८ सालमा नेतृत्व गर्दै थिए उनीहरुनै नेतृत्वमा आए त्यो काँग्रेस, एमाले, माओवादी जुन दल आएपनि २०४८ सालमा जन्मेको मान्छे वडा अध्यक्ष, मेयर देखि संसद सम्म भईसक्दापनि नेतृत्व उनीहरुकै रहयो र देश र जनतामा असन्तुष्टि उत्पन्न भई विभिन्न मानिस कोही स्वतन्त्रका नममा त कोही स्वतन्त्र पार्टीका नाममा उदाए ।
हिजो २०७९/०८/०४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भारतको राजनीतिको ठ्याक्कै प्रभाव नेपालका पुराना र ठुला भनिएका दलमा पर्न गयो । यो प्रभाव २०७४ वाटै शुरुवात भएको थियो तर यसबाट पटक व्यापक रुपमा प¥यो । २०७९/०१/३० गते नेपालमा स्थानिय तहको निर्वाचन सम्पन्न भयो । त्यस समयमा पनि पार्टीका बीच तालमेल भयो । सो निर्वाचन पछि जनताले आश ग रेका कुरा ०.५ प्रतिशत पनि दलहरुले पुरा गर्न सकेनन् । त्यसबाट नेपाली जनता आजिद बनेका छन् । हिजो सम्पन्न निर्वाचनमा नेपाली काँग्रेस, ने.क.पा. एमाले, ने.क.पा. माओवादी जस्ता ठूला दललाई मतदान गर्दै आएका नागरिकहरुले यसपटक त्यसो गरेनन् किनकी राजनीतिक दलका मानिस वेइमान भएका कारण सभा प्राप्तिका निमित्त जे पनि गरेकाले जनता आजित भए कुनै वेला काँग्रेस गनीगनी एमाले छानी छानी मार्ने ने.क.पा. माओवादीसँग काँग्रेसको तालमेल प्रष्ट राजसंस्थाको वकालत गर्न राप्रपा र एमाले गठबन्धन तथा कुनै वेला मधेशीलाई मानिसनै नमान्ने प्रवृत्ति भएको एमाले नेतृत्वसँग जनता समाजवादीको अप्राकृतिक गठवन्धनलाई जनताले स्वीकार नगरेको अवस्था पाइयो । यस पटकको निर्वाचनमा आजित जनताले स्वतन्त्र व्यक्ति र राष्ट्रिय स्वतन्त्र पार्टीलाई मतदान गरेको पाइयो । अत्याधिक मतदाता घण्टी चुनाव चिन्ह खोजेको र घण्टीले प्रदेश सभामा उम्मेद्वार उठाएको कुरा थाहा नपाउने मतदाताले प्रदेशमा घण्टी खोइ भनि मतदान प्रकृयामा खटिएका कर्मचारीसँग झगडा गरेको दृष्य पाइयो । कसैले भनेको कोही सुन्नेवाला नै थिएनन । प्राय सवैले पुराना र ठुला भनाउदा पार्टीलाई मतदान नगरी नयाँ र स्वतन्त्रलाई मतदान गरेको देखियो ।
नेपालमा राणा शासन पछि पञ्चायत ३० वर्ष चल्यो । त्यसपछि हरेक १० वर्षमा नेपालको राजनैतिक व्यवस्था परिवर्तन भएको छ । यसको अर्थ नेपाली नेताले देश बनाउनभन्दा पनि स्वार्थ र विदेशीको इशारामा नाचेको जनताले स्पष्ट बुझेका ठूला दलका नेतृत्व कर्ताको आँखाले नेपाली जनतालाई २०४८ साल मानसिकताले हेर्दा अब ठूला भनिएका दल सङ्कटमा परेको स्पष्ट देखियो । अव ठुला र पुराना दलले जोस र होस भएका युवालाई नेतृत्व प्रदान नगर्ने हो भने पुराना पार्टीहरु एकादेशको कथा हुने निश्चित प्राय छ । पुराना पार्टी डायनसर जस्तो अवस्थामा पुग्ने अवस्था आयो । युवा पुस्ताका ठूला र पुराना भनिएका दलका नेताले कार्य कुशलता उत्कृष्ट नदेखाए अव वि.पि., पुष्पलाल र मदनका नाममा र सिद्धान्तका राजनीति नहिड्ने पक्का छ । वहुलवादमा आधारित गणतन्त्रमा दलको विकल्प दलनै होला अव पुराना होइन नयाँ भन्ने अवस्था छ । पुराना दलबाट निर्वाचित स्थानिय तहका जनप्रतिनिधिले जनस्तरमा काम गर्न नसके र नगरे अव अर्को चुनावमा झन दल त दलदलमा भाषिने पक्का छ । यसपटक घण्टीमा मत धेरै आउने देखियो । जुन पुराना दलले सोचेका थिएनन । किन पनि आउने देखियो भने सङ्घिएता खारेजी वा प्रदेश खारेज भनि राष्ट्रिय स्वतन्त्र पार्टीले नारा ल्यायो यो देशको भार हो भन्ने जनतामा आम बुझाई भएको हुँदा घण्टीमा मत बढ्यो ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले एउटा कार्यक्रममा आफ्नै पार्टीका कार्यकर्ताले मेरो नेता छिटो मरोस मेरा पालो नै आएन भनि तल्ला तहका नेताले भाकल गर्न थाले भन्नु हुन्थ्यो । त्यो वास्तविकता आज घण्टीमा भोट गरी जनता र पार्टीका कार्यकर्ताले अभिव्यक्त गरेको स्पष्ट छदैछ । नेपाली जनता छिटै परिवर्तन चाहाने भएकाले पनि र खासगरी एउटै वा पुरानै अनुहार पार्टी देशको नेतृत्वमा आउदा यो अवस्था आयो । त्यसैले अन्त्यमा स्पष्ट सोच, उत्कृष्ट कार्य, भरपर्दो अवस्थामा श्रृजना गरी अग्रजलाई सम्मान र अनुभवको अनुसरण सहित युवा जोस्का साथ पुराना दल अगाडि नवढे यो देशमा ने.क.पा. एमाले ने.क.पा माओवादी र नेपाली काँग्रेसको संयुक्त गठवन्धन गरी नयाँ दल जो भर्खरै खुल्दैछन उनीहरुका विरुद्ध चुनाव लड्ने दिन टाढा छ जस्तो देखिदैन ।