आर्थिक

भगवतीले दुबै प्रदेस सभा सदस्यहित यसरी पराजीत गरिन् काँग्रेसका प्रभावशाली नेता गच्छेदार (सबैको मतसहित)

१३ मंसिर, काठमाडौं । सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका प्रभावशाली नेता बिजय कुमार गच्छदारलाई नेकपा एमालेकी उम्मेद्वार भगवती चौधरीले पाँच हजार एक सय ८८ मतान्तरले पराजीत गरेकी छन् ।
बिजयी चौधरीले ४० हजार ७८८ मत ल्याएर बिजयी भएकी छन् भने निकटतम प्रतिद्वन्दी काँग्रेस उम्मेद्वार नेपाली काँग्रेसका पूर्व उपसभापतिसमेत रहेका गच्छदारले ३५ हजार ६०० मत ल्याएका छन् ।
यसभन्दा अगाडी पटक पटक बिजय गच्छदारसँग पराजय भोगेकी चौधरीले यसपटक भने गच्छदारसँगको प्रतिष्पर्धामा बिजय हाँशिल गर्न सफल भईन् । उनीसँगै प्रदे सभा क र ख मा नै क्रमशः नेकपा एमालेकै रोहीत बहादुर कार्की (१८ हजार ६४१ मत )र रामदेब यादब (१९ हजार ४७९ मत)ले बिजय हाँशिल गरेका छन् ।
नेपाली काँग्रेस गठबन्धनका तर्फबाट सरस्वती पोख्रेलले नौ हजार ४९८ मत ल्याएर पराजीत भईन् भने प्रदेश सभा ख मा नेपाली काँग्रेसका उम्मेद्वार बिन्देश्वर यादबले १८ हजार ८९१ मत ल्याएर पराज्ीत भए ।
नेपाली काँग्रेसको गढ रहेको सुनसरी र क्षे नम्बर ३ मा काँग्रेसका बिद्रोही उम्मेद्वारहरुले राम्रो मत ल्याएका कारण पराजय भोग्नुपरेको स्थानीय काँग्रेसजनको छ । २०७४ सालको निर्बाचनमा सुनसरीका ४ क्षेत्र मध्ये तीन क्षेत्र बिजय हाँशिल गर्न सफल भएपनि यसपटक भने अहिलेसम्म १, २ र ३ नम्बर क्षेत्र काँग्रेसले बिजय हाँशिल गर्न सकेन, क्षेत्र नम्बर ४ को मतगणनामा भने सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मतगणनामा अग्रता कायम गरेका छन् ।