राजनीति

परराष्ट्र मन्त्री डा खड्का उदयपुर -१ बाट २३ सय ७९ मतान्तरले चौधरीसँग बिजयी

१३ मंसिर, गाईघाट । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् प्रतिनिधि सभा क्षेत्र नम्बर १ उदयपुरबाट २३ सय ७९ मतान्तरले नेकपा एमालेकी मञ्जु चौधरीसँग डा नारायण खड्का बिजयी भएका छनन् ।
३१ हजार २७० मत लयाएर खड्का बिजयी भए भने निकटतम प्रतिद्वन्दी चौधरीले २८ हजार ८९१ मत ल्याईन् ।
राप्रपाका धु्रब रायमाझीले ३९ सय १५ मत ल्याए भने राष्ट्रिय स्वतन्त्र पार्टीका उद्धब अधिकारीले ३४ सय ८ मत ल्याएका छन् ।
बिबादपछि आजबाट निर्बाचन आयोगले पुनः मतगणना गर्न आदेश दिएको थियो । डा खड्का बर्तमान परराष्ट्रमन्त्री हुन् ।