राजनीति

ज्ञानेन्द्र कार्कीले दुई प्रदेश सभासहित सुनसरी क्षेत्र नम्बर ४ मा गरे क्लीनस्वीप

१५ मंसिर, इटहरी । सुनसरी क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका ज्ञानेन्द्रबाहदुर कार्की विजयी भएका छन् ।

सूचना तथा सञ्चारमन्त्री समेत रहेका कार्कीले ३० हजार ४८३ मत प्राप्त गरे ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का जगदिश प्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरे । भोजपुर निवासी कांग्रेस नेता कार्की यसघि सोही निर्वाचन क्षेत्रबाट भारी मतान्तरसहित निर्वाचित भएका थिए ।
११२ मतान्तरले सूचना तथा सञ्चारमन्त्री कार्की एमाले उम्मेद्वार कुशीयतसँग बिजयी भएका हुन् । देशभर २०७४ सालमा सुनसरीका चार क्षेत्रमध्ये तीन क्षेत्र जित्न सफल काँग्रेस यसपटक भने सुनसरी क्षेत्र नम्बर ४ मा मात्र बिजय हुन पुगेको छ । सुनसरी क्षेत्र नम्बर ४ को प्रदेश सभा क र ख दुबैमा काँग्रेसका सदानन्द मण्डल र डा इस्राईल अन्सारीले बिजयी हाँसिल गरिसकेका छन् ।