राजनीति

ज्ञानेन्द्र बहादुर कार्कीः जसले सुनसरीमा कांग्रेसको जोगाए बीउ

सुबिन बिस्वकर्मा /१५, मंसिर, चक्रघट्टी। सुनसरीको प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबम् सूचना, सञ्चार तथा प्रबिधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् । उनी एमाले(जसपा गठबन्धनका साझा उमेदवार एमालेका केन्द्रीय सदस्य एबम् प्रदेश नम्बर एकका पुर्व वन, वातावरण तथा पर्यटन उड्डयनमन्त्री जगदीशप्रसाद कुसियैतलाई ११२ को झिनो मतान्तरले विजयी भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयकाअनुसार मन्त्री कार्कीले ३० हजार ४८३ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी जयदीशप्रसाद कुसियैत ३० हजार ३७१ मा रोकिए ।

मन्त्री कार्की यसअघि पनि यहीँ क्षेत्रबाट निर्वाचित भएका थिए । दोस्रोपटकका लागि बलियो प्रतिस्पर्धी, आफ्नै पार्टीभित्रको असमझदारी र अन्य थुप्रै बाधाहरुका बाबजुद पनि उनी विजयी भए । नेपाली कांग्रेस सुनसरी ४ का सभापति अयुब अन्सारीका अनुसार विकासप्रेमी छवि भएका कारण मन्त्री कार्कीलाई दोस्रोपटक पनि जनताले विश्वास गरेका हुन् । देशभरका १४८ स्थानको मतपरिमाण सार्वजनिक भइसक्दा सुनसरी ४ ले धेरैको ध्यान खिचेको छ । पाँच दलीय गठबन्धनको प्रष्ट बहुमत, सरकारका बहालवाला मन्त्रीको निर्वाचन र बीचमा धाँधली लगायतका सवालले पनि सुनसरी ४ को ध्यान खिचिइएको हो । कार्कीको जीतसँगै सत्तारुढ पाँच दलीय गठबन्धनका तर्फबाट नयाँ सरकार बनेमा र नेपाली काँग्रेसको सहभागीता रहेका उनलाई पुनः प्रभावशाली मन्त्रीको रूपमा समेत हेरिएको छ ।

भोजपुरमा तीनपटक निर्वाचनमा हार ब्यहोरेका कार्की २०७४ को निर्वाचन लड्न सुनसरी झरेका हुन् । तत्कालीन बाम गठबन्धन हुँदा समेत ६ हजार बढी मतान्तरले जित निकालेका कार्की त्यतिबेला पनि बहालवाला अर्थमन्त्री थिए । चुनाव जितेपछि उनी विभिन्न मन्त्रालयको जिम्मेवारी पाइसकेका छन् भने उनले आफ्नो क्षेत्रमा विकासप्रेमी नेताको छवि बनाएका छन् । तीन दशकपछि श्रीलंका टापुका बिजुली बत्ती पुर्याएर जनप्रेम पाएका कार्कीको क्षेत्रमा खासगरी सडक र शिक्षामा ठूलो फड्को मारेको छ । तर यति हुँदैगर्दा पनि उनले आफ्नो क्षेत्रमा मात्र नभएर समग्र सुनसरीमै कांग्रेसभित्र भने संस्थापन इतर समुहलाई निषेध गरेको आरोप छ । केही समय अघि कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले सार्वजनिक मञ्चमार्फतनै सुनसरीमा विजयकुमार गच्छदार र ज्ञानेन्द्रबहादुर कार्कीले कांग्रेस सक्न खोजेको आरोप लगाएका थिए । नाम नबताउने शर्तमा एक नेताले भनेका छन्, ‘माओवादी र नेकपा एसको समर्थन पाएपनि आफ्नै कार्यकर्तालाई चिड्याउँदा मन्त्रीज्यू यसपालि झन्डै हार्नुभएन ।’
प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाका विशेष पात्रका रूपमा ज्ञानेन्द्रबहादुर कार्कीलाई हेरिन्छ । आफूसँग तर्किएका नेता तथा विपक्षीलाई छिट्टै मिलाइहाल्न सक्ने खुबी भएकै कारण विभिन्न असमझदारीका बीच पनि चुनाव जितेको कार्यकर्ताहरूको भनाइ छ । धेरैको चासोको केन्द्रबिन्दुका रूपमा यस् क्षेत्रमा मन्त्री कार्कीले चुनाव जितेपछि नेपाली कांग्रेसको भने बीउ जोगिएको छ । अघिल्लो निर्वाचनमा तत्कालीन बाम गठबन्धन हुँदा समेत तीनवटा प्रतिनिधिसभा सिट जितेको कांग्रेसले यसपटक तीनवटा गुमाएको छ । तर कार्कीको क्षेत्रमा भने पाँच दलिय गठबन्धनका तर्फबाट प्रतिनिधिसभा र दुबै प्रदेशसभा जितेर बीउ जोगाइदिएको टिप्पणी यतिबेला सुरु भएको छ । सुनसरीका अन्य तीनवटै प्रतिनिधि तथा प्रदेशसभाहरुमा एमाले(जसपा गठबन्धन सत्तारुढ पाँच दलिय गठबन्धनलाई क्लीन स्वीप गरिदिएको छ । यद्यपि सुनसरी ४ मा भने प्रतिनिधिसभामा मन्त्री कार्कीसँगै प्रदेशसभा (क) र (ख)मा क्रमशः कांग्रेसका सदानन्द मण्डल र हासी इस्रायल मन्सुरी निर्वाचित भैसकेका छन् ।
यसअघि सुनसरीमा रहेका ४ प्रतिनिधि सभा क्षेत्र मध्ये तीन क्षेत्र बिजय हुन सफल काँग्रेसले अहिले भने एउटामात्र क्षेत्रमा बिजय हाँसिल गर्न सफल भएको छ । प्रसितनिधि सभामात्र नभएर दुबै प्रदेश सभा क्षेत्रसमेत बिजय हुन सफ सूचना तथा सञ्चारमन्त्री कार्की बिजयसँगै काँग्रेसका अनुभबी नेताका रुपमा पुष्टी भएका छन् ।