राजनीति

काँग्रेससहितका सत्तारूढ गठबन्धन दलको बैठक: यसरी बन्दैछ नयाँ सरकार !

१९ मंसिर, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल गर्न सोमबार सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ ।
नेकपा (माओवादी केन्द्र)को पदाधिकारीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव देवप्रसाद गुरुङले सोमबार सत्तारूढ गठबन्धनको बैठक बोलाइएको जानकारी दिए । बैठकमा निर्वाचनको समग्र अवस्थाका बारेमा समीक्षा हुने बताइएको छ ।
यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले ५७ स्थानमा जीत निकालेको छ । यस्तै, माओवादी १७ स्थानमा विजयी भएको छ भने दोलखामा जारी मतगणनामा अग्रस्थानमा छ ।
त्यस्तै, नेकपा (एकीकृत समाजवादी)ले १० स्थानमा जित निकाल्दा, लोकतान्त्रिक समाजवादी पार्टीले चार, राष्ट्रिय जनमोर्चा एक स्थानमा विजयी भएको छ । बैठकको समयका बारेमा भने केही बताइएको छैन ।
आज बैठक बस्ने भनिए पनि कुन समयमा सत्ता गठबन्धनको बैठक बस्ने भने खुलाईएको छै । सत्ता गठबन्नको दल माओबादी केन्द्रले सरकार गठनका बिषयमा एमालेसहतका दलहरुसँग खुल्ला छलफल राखेपनि गठबन्धन तोडेको घोषणा गरेको छैन भने अन्य दलहरुले यस बिषयमा केही बताएका छैनन् ।
नयाँ सरकार बनाउन गठबन्न दलहरुले मिलेर अगाडी बढ्ने अवस्था नआएमा एमालेसंग मिलेर सरकार बनाउने माओबादी केन्द्रलाई बाटो खुल्नेछ । काँग्रेस, माओबादी वा नेकपा एमाले नेतृत्वको सरकार बन्ने निश्चित प्रायः देखिएका छ । प्रधानमन्त्री बन्ने पनि काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली वा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल देखिएका छन् ।
सत्ता गठबन्धनबाट माओबादीले काँग्रेसलाई वा काँग्रेसले माओबादीलाई सरकारको नेतृत्व दिने अवस्था नआएमा एमालेसँग मिलेर काँग्रेसले सरकार बनाउने अवस्थासमेत देखा पर्नेछ । माओबादी र एमाले वा माओबादी र काँग्रेस मिलेरमात्र बहुमत नपुग्ने हुँदा काँग्रेस र माओबादी केन्द्र मिल्दा स्पष्ट रुपमा अध्याकि बहुमत पुग्ने र त्यहीअनुसार सरकार बन्ने सम्भावना देखिन्छ । सामान्य अवस्थामा भने काँग्रेस वा एमाले एक पार्टी सरकार बाहिर बस्ने सम्भावना प्रवल छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले गठबन्धनको निर्णयमा पर्ख र हेरको अवस्थामा रहेपनि आन्तरिक रुपमा सरकारको नेतृत्व गर्न दलहरुसँग दमदार छलफलमा रहेको छ । माधव नेपाललाई पनि नेकपा एमालेलाई थप राजनीतिक क्षती दिन प्रधानमन्त्री बनाउन सकिने गठबन्धन दलका नेताहरु काँग्रेस वा माओबादीलाई नेतृत्व दिन नसके तयार हन सकिने अवस्था आउने सम्भावना देख्छन् ।