प्रदेश 1

निर्माण व्यवसायी (राजापानी)ले बुझाए विवरण

२१ मंसिर, काठमाडौं । सगरमाथा राष्ट्रिय राजमार्ग अन्तरगत पर्ने दिक्तेल–गाईघाट सडकखण्डको महुरे–सिम्पानी ९राजापानी० सडक निर्माणको ठेक्का लिएको निर्माण व्यवसायीले नगरपालिका समक्ष कार्य प्रगति विवरण पेश गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको निर्देशनपछि महुरेदेखि राजापानीको सिम्पानी ९२२ किलोमिटर० सडकखण्ड कालोपत्रको काम गरिरहेको भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले प्रगति विवरण पेश गरेको हो ।
भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीका प्रतिनिधि सन्तोष ढकालले यही मङ्सिर–१६ गतेदेखि अगामी पुस– १३ गतेसम्म गर्ने कार्यविवरण पेश गर्नुभएको नगरपालिकाले जनाएको छ । भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले मङ्सिर–१६ गतेदेखि हप्ता दिनसम्म सव–बेस मर्मत गर्ने, बेस क्रसर उत्पादन गरी बेस बोक्ने, बेस फिँजाउने र ४ किलोमिटरमा डिबीएसटी (पिच)को काम शुरु गर्ने कार्यविवरण पेश गरेको हो ।
नगरप्रमुख तीर्थराज भट्टराईले गत कातिक–३ गते पत्रकार सम्मेलनमार्फत अलपत्र १७ योजना र सम्वद्ध निर्माण कम्पनीको विवरण सार्वजनिक गर्दै भएका प्रगति, मासिक कार्ययोजना र मासिक प्रगति विवरण बुझाउन निर्माण व्यवसायीलाई निर्देशन दिएका थिए । उदयपुरको गाईघाट–दिक्तेल सडकखण्डको खोटाङभित्र पर्ने महुरे–फोक्सिङटार ९४९ किलोमिटर० खण्डको महुरे–राजापानी सडक कालोपत्रको काम भारत कन्ट्रक्सन/सिद्धी शाही जेभी तथा सिम्पानी भञ्ज्याङदेखि फोक्सिङटार ९२७ किलोमिटर० खण्डको ठेक्का देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले लिएको हो ।
दुबै सडकखण्डको कालोपत्रको काममा निर्माण कम्पनीले ढिलासुस्ती गरेकाले विवरण पेश गर्न निर्देशन दिइएको उनले बताएका छन् । महुरे–फोक्सिङटार सडक दिक्तेलबाट उदयपुर हुँदै पूर्वी तराईका विभिन्न शहर आउजाउ गर्ने छोटो दूरीको बाटो हो ।
विवरणमा विविध कारणले कालोपत्रेका क्रममा अवरोध भएमा नगरपालिकालाई जानकारी गराउने र सहयोगको अपेक्षा राखेको उल्लेख गरिएको छ । भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले विसं २०७७ असार–२९ गतेभित्र सम्पन्न गर्ने शर्तमा विसं २०७३ असार–३० गते योजनाको सम्झौता गरेको थियो ।
रु ४१ करोड ५० लाखको लागतमा ठेक्का लिएको निर्माण कम्पनीको हालसम्म करिब ५० प्रतिशत मात्र भौतिक प्रगति देखिएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरले जनाएको छ ।