सामाजिक सञ्जाल

नेता खतिवडाकाे माग: संसदका महासचिव गाैतमलाई सरकारले तुरुन्त बर्खास्त गराेस्

२४ मङ्सिर, काठमाडौं । नेपाली काँग्रेसका नेता रामहरी खतिवडाले सरकारले तुरुन्त बर्खास्त गर्नुपर्ने बताएका छन् ।
उनले ट्वीट गर्दै संसदभन्दा एककदम अघिबढेर निलम्बित राणालाई सर्बोच्चमा बदनियतपूर्ण ढंगले पूनर्स्थापित गर्नखोज्ने संघिय संसदका महासचिवको राजिनामा खै? भन्ने प्रश्न गर्दै महासचिव गौतमलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।
उनको ट्वीटः
संसदमा विचाराधिन अवस्थामै रहेको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा विरुद्वको महाअभियोगको छिनोफानो नहुदै सम्मानित संसदभन्दा एककदम अघिबढेर निलम्बित राणालाई सर्बोच्चमा बदनियतपूर्ण ढंगले पूनर्स्थापित गर्नखोज्ने संघिय संसदका महासचिवको राजिनामा खै? सरकारले तुरुन्त बर्खास्त गर्नुपर्दछ।