२८ मंसिर, काठमाडौं । राप्रपाले प्रजातान्त्रिक मुल्य मान्यता र बिधिको शासन माथी धज्जी उडाउदै काम चलाउ सरकारले ल्याएको अध्यादेशलाई राष्ट्रपति महोदयले रोकियोस वा अबिलम्ब फिर्ता पठाईयोस भन्ने माग गरेको छ ।
पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले एक बिज्ञप्ती निकाल्दै गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट जनताबाट ताजा जनादेश आइसकेको र केही दिनभित्र संसद बैठक सुरु हुने वर्तमान पृष्ठभुमिमा अहिलेको कामचलाऊ सरकारले गलत मनसायका साथ राजनीतिक आवरणमा जघन्य अपंराधमा संलग्नहरु लाई उन्मुक्ति दिने उदेश्यले अध्यादेश ल्याउनु अनैतिक र आपत्तिजनक विषय मात्रै नभएर स्वार्थपूर्ण र सत्ता केन्द्रीत राजनीतिको फोहोरी खेलको सुरुवात भएको आरोप लगाउँदै अध्यादेश फिर्ता गर्न माग गरेका छन् ।
उनले न्याय सिध्याउने मानव अधिकार विरोधी अध्यादेश प्रजातन्त्रमा अनुहार होईन प्रणाली हो भन्ने मान्यता विपरित बर्तमान कामचलाउ सरकारले बेमौसम तथा विश्व मानवअिधकार दिवसको सेरोफेरोमा मुलुकी फौजदारी कार्यबिधि संहिता २०७४, को दफा ११६ मा भएका फौजदारी मुद्दा फिर्ता सम्बन्धमा कार्यबिधिको उपदफा १९८ पछि “यस दफामा जुनसुकै कुरा लेखिएको भएता पनि नेपाल सरकार बादी भई दायर भएका मुद्दा फिर्ता लिने गरि सहमति भएको रहेछ र त्यस्तो संझौता बमोजिम त्यस्ता राजनैतिक दल वा समुहका नेता तथा कार्यकर्ताका बिरूद्दमा नेपाल सरकार बादि भइ चलाइएका मुद्दा जुनसुकै तहको अदालतमा बिचाराधिन रहेको भएतापनि फिर्ता लिन बाधा पर्ने छैन “भन्दै उपदफा ९ थपगरि राष्ट्रपती समक्ष लालमोहरका लागि पेश गरेको बिबादस्पद अध्यादेश ले निम्न सन्देश दिने देखिन्छ भन्ने जनाएका छन् ।
बुंदागत रुपमा राप्रपाका साँसदसमेत रहेका शाहीले भनेका छन्ः
१. कुनै पनि अपराधबाट बच्न राजनितिको खोल ओड्नु पर्छ ।
२. निहित स्वार्थको मुद्दा फिर्ता गर्नको लागि दलहरू जुनसुकै मान्यता र कानुनको खिल्ली उडाउछन ।
३. बर्तमानमा चर्चित मुद्दाहरू मात्र नभइ १० बर्षे द्धन्दका आडमा भएका ब्यक्ति बिरूद्वका अदालतमा चलिरहेका फौजदारी मुद्दाहरू र अबरूद्व संक्रमणकालिन फौजदारी मुद्वाहरू समेत यो सरकार यहि अध्यादेशको आधारमा फिर्ता, माफि, मिनाहा गराउने प्रकृयामा छ ।
४. सरकार र दलहरू आफ्नो अनुकुलतामा दण्डहिनताको पक्ष पोषण गरिरहन्छन र पिडितको अधिकार र न्याय प्रति कहिलै सकारात्मक छैनन ।
५. सरकार, संबिधान कानुन नेपाल पक्षभएका अन्तराष्ट्रीय सन्धि महासन्धि केहि पनि पालना गर्दैन वा अनुकुलतामा प्रयोग गर्छ ।
६. दलिय राजनितिको खोल ओडिसकेपछि कुनै पनि ब्यक्ति समुहले भबिश्यमा जुनसुकै अपराध गर्दापनि उन्मुक्ती पाउँछ ।
जनताबाट १६५ जना सांसदहरू प्रत्यक्ष रूपमा निर्वाचित भइसकेका छौ समानुपातिक तर्फका ११० जना निर्वाचित हुने प्रक्रिया पूरा भैसको छ । मुलुकको कानुन बनाउन आवधिक निर्वाचनबाट निर्वाचित २७५ जना सांसदहरू केही हप्तामा प्रतिनिधि सभामा प्रवेश गर्दै छौ । प्रजातान्त्रिक आधारभूत प्रबन्ध भनेकै जनताले आफ्ना लागि आफैं कानुन बनाउने हो । आफैंले कानुन बनाउने त्यो सार्वभौम अधिकारको प्रयोग जनताले आफ्ना प्रतिनिधिमार्फत गर्छन्। ।जनताका निर्वाचित प्रतिनिधिले जनताका लागि काम गर्ने सरकार चुन्छन र त्यो सरकार र आम नागरिकलाई बाँध्ने कानुन बनाउँछन्। । त्यो कानुनभन्दा माथि कोही हुँदैन र मुलुकमा कानुनको शासन हुन्छ। आधुनिक प्रजातान्त्रमा सबभन्दा ठूलो महानत्ता र मर्म यसैमा निहीत छल । सत्ताबाहेक केही पनि नदेख्ने, प्रजातन्त्रको कुनै पनि मूल्य र सीमाको ख्याल नगर्ने पुराना दलका सूर्य९चन्द्रझैं चिरस्थायी पुराना नेताहरूले भने प्रजातान्त्रको यो मर्ममाथि बारम्बार प्रहार गर्ने गरेका छन्। अहिले फेरि त्यही भएको छ ।
प्रजातान्त्रिक मुल्य मान्यता र बिधिको शासन माथी धज्जी उडाउदै काम चलाउ सरकारले ल्याएको अध्यादेश लाई राष्ट्रपति महोदयले अबिलम्ब फिर्ता पठाईयोस ।





