राजनीति

देउवाले नैतिकताका आधारमा पार्टी सभापति र संसदीय दलको नेताबाट राजीनामा दिनुपर्छः नेता घिमिरे

१० पौस, काठमाडौं । नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले नेपाली काँग्रेसका सभापति एबम् संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।
आज नेपाली काँग्रेस सबैभन्दा ठूलो पार्टी हुँदापनि तेस्रो पार्टी माओबादी केन्द्य्रका अध्यक्ष पुष्पकमल दहाललाई प्रधानमन्त्री बनाउन परेको घटनासँग गठबन्धन गर्नुहुादैनथियो भन्ने बिषय जोड्दै राजीनामा दिएर काँग्रेसले बिशेष महाधिभेशन गर्नुपर्ने बिचार राखेका छन् ।
आज गठबन्धनका महत्वपूर्ण सदस्यको रुपमा रहेको नेकपा माओबादी केन्द्रलगायतका दलहरुको गठबन्धन बन्दै पुष्पकमल दहाल प्रधानमन्त्री बनेपछि काँग्रेस सभापति देउवाको सर्बत्र आलोचना हुँदै आएको छ ।
उनले ट्वीट गर्दै भनेका छन्ः
ने।का। सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजिनामा दिनुपर्छ।हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएनरुयसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ।राजिनामा नदिए चाडै बिशेष महाधिवेशन बोलाईनेछ।