अन्तर्राष्ट्रिय

होटलमा आगलागी हुँदा १९ को मृत्यु

१५ पौस, नोम्पेन्ह । उत्तरी कम्बोडियाको ब्यान्टी मेनाची प्रान्तमा रहेको एक होटलमा आगलागी भएको छ । सो आगलागीमा परेर कम्तीमा पनि १९ जनाको ज्यान गएको छ । बिहीबार यहाँका सुरक्षा अधिकारीले सो कुराको जानकारी दिएका हुन् । ती अधिकारीले प्रारम्भिक प्रतिवेदनअनुुसार १९ जनाको ज्यान गएको र अरु केही घाइते भएका बताएका छन् ।

प्रहरीले त्यहाँ जलेर ज्यान जानेमा होटलका कर्मचारी र केही पाहुना रहेका जनाएको छ । सो प्रतिवेदनमा २३ जना जलेर गम्भीर रुपमा घाइते भएका र अरु ५० जना सामान्य घाइते रहेका छन् ।होटलको भवनमा आगो लागेपछि निभाउने प्रयास भएको तर आगोको लप्काले मानिसहरुलाई लागेपछि उनीहरुको जलेर मृत्यु भएको बताइएको छ ।

सो प्रान्तका प्रान्तीय प्रहरी प्रमुखले आगो लागेको होटलमा हराइरहेका केही व्यक्तिको खोजीमा प्रहरी लागेको तर उनीहरु कुनै कोठामा निसास्सिएर रहेको हुनसक्ने बताएको छ ।