आर्थिक

नव नियुक्त अर्थमन्त्री पौडेलसंग नेपाल मर्चेण्ट बैंकर्स संघद्वारा भेटवार्ता

२० पौस, काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट मर्चेण्ट बैंकर, डिपोजिटरी, योजना व्यवस्थापक तथा विशिष्टिकृत लगानी व्यवस्थापन गर्न इजाजतपत्रप्राप्त संस्थाहरुको हक हित तथा नेपालको पूँजी बजारको बिकास र संवद्र्घनका लागी कटिबद्ध रही सकृय रुपमा कार्यरत नेपाल मर्चेण्ट बैंकर संघका पदाधिकारीहरुले आज अर्थ मन्त्रालयको कार्यालय सिंहदरवारमा नव नियुक्त अर्थ मन्त्री माननिय विष्णु पौडेलसंग भेटवार्ता गरेको छ ।
भेटमा बधाइ ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिनुका साथै कार्यकालमा नेपालको पूँजीबजारले कोशेढुंगा कायम गर्ने तथा अर्थतन्त्र सवल हुने विश्वास लिएको जानकारी गराएका छन् ।

भेटघाटका अवसरमा अर्थमन्त्री समक्ष मर्चेण्ट बैंकर संघले नेपालको अर्थतन्त्रको वर्तमान अवस्था तथा अर्थतन्त्रका सम्वन्धमा मर्चेण्ट बैंकरले खेल्न सक्ने भुमिकाका सम्बन्धमा बिस्तृत विवरण पेश गरेको छ ।

सो, अवसरमा मर्चेण्ट बैंकरका हकहितका लागि अर्थ मन्त्रालयले सम्बन्धित नियमनकारी निकाय मार्फत खेल्नुपर्ने भुमिकाका सन्दर्भमा बुंदागत रुपमा प्रकाश पारि सो विवरण माननिय अर्थमन्त्रीज्युलाई हस्तान्तरण गरिएको छ ।