राजनीति

मन्त्रालय फुटाउने र उपप्रधानमन्त्रीको संख्या बढाउनु सुशासन र जनचाहना विपरीतः डा रावल

२० पौष, काठमाडौँ । नेकपा एमालेका नेता डा भीम रावलले सत्ता स्वार्थमा मन्त्रालय फुटाएर संख्या बढाउने र उपप्रधानमन्त्रीको संख्या बढाउने काम सुशासन र जनचाहना विपरीत भएको बताएका छन् ।
डा रावलले ट्वीट गर्दै आफैंले लगाएका चर्का नाराको सम्झना गर्ने कि ? भन्ने प्रश्न सरकारको नेतृत्व गरेका उपप्रधान एबम् गृहमन्त्री रबिलामिछानेसम्मलाई गरेका छन् । डा. रावलले नेपालको संविधान जारी भएपछि दोस्रो आम निर्वाचन पछिको यो सरकारलाई शान्ति प्रक्रियाको संक्रमण कालको अभ्यास गर्ने छुट छैन भनेका छन् । पूर्वगृहमन्त्रीसमेत रहेका डा रावलले सरकारको गलत कार्यको चर्को आलोचना गर्दै आएका छन् ।

डा रावलको ट्वीटः
नेपालको संविधान जारी भएपछि दोस्रो आम निर्वाचन पछिको यो सरकारलाई शान्ति प्रक्रियाको संक्रमण कालको अभ्यास गर्ने छुट छैन। अतः सत्ता स्वार्थमा मन्त्रालय फुटाएर संख्या बढाउने र उपप्रधानमन्त्रीको संख्या बढाउने काम सुशासन र जनचाहना विपरीत छ। आफैंले लगाएका चर्का नाराको सम्झना गर्ने कि ?