साहित्य

कृष्णभूषण बल सिर्जना पुरस्कार कवि अधिकारीसहित तीन स्रष्टालाई

३० पौस, काठमाडौं । कृष्णभूषण बल स्मृति प्रतिष्ठान विराटनगरले विस २०७८ को तीन पुरस्कार सम्मानको घोषणा गरेको छ । प्रतिष्ठानले कवि तथा गीतकार दिनेश अधिकारीलाई तीसको दशकदेखि नेपाली साहित्यमा कविता र गीत विधामा पु¥याउनुभएको योगदानका लागि कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार प्रदान गर्ने भएको छ । पुरस्कार राशि रु ५० हजार र सम्मानपत्र छ । प्रतिष्ठानले कृष्णभूषण बल स्मृति सिर्जना विशेष सम्मान कवि सुधा एम राई (सिक्किम) र कृष्णभूषण बल स्मृति युवा सिर्जना पुरस्कार कवि रोशन परियारलाई प्रदान गर्ने निर्णय गरेको छ ।

नेपाली कविता विधामा दिएका योगदानका लागि कवि राई र युवाकवि परियारलाई ती पुरस्कार सम्मान प्रदान गर्न लागिएको हो । सम्मान र पुरस्कारको राशि जनही क्रमशः रु पन्ध्र हजार र एघार हजार छ ।

प्रतिष्ठानका प्रमुख संरक्षक शोभा लामा बल, अध्यक्ष प्रा डा टङ्कप्रसाद न्यौपानेको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । पुरस्कार आगामी फागुन २० गते विराटनगरमा समर्पण गरिने प्रतिष्ठानले जनाएको छ ।