आर्थिक

प्राईम बैंकको अध्यक्षमा श्रेष्ठ सर्बसम्मतिले चयन

२ माघ, काठमाडौं । प्राइम कमर्सियल बैंक लि.को १५ औं वार्षिक साधारणसभाबाट संस्थापक शेयरधनीहरूको तर्फबाट सञ्चालक पद ३ मा राजेन्द्रदास श्रेष्ठ, उदयमोहन श्रेष्ठ र नरेन्द्र बज्राचार्य तथा सर्वसाधारण शेयरधनीहरूको तर्फबाट सञ्चालक पदमा प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्वाचित भएका छन् ।

साधारणसभा पछि शुक्रबार बसेको सञ्चालक समितिको ४५९ औं बैठकले सञ्चालक राजेन्द्रदास श्रेष्ठलाई सर्वसम्मतिले सञ्चालक समितिको अध्यक्षमा चयन गरेको कम्पनी सचिव राजकुमार कार्कीले जनाएका छन् ।