सामाजिक सञ्जाल

काँग्रेस नेता घिमिरे भन्छन्ः नेतृत्व नसुध्रिए आगामी निर्बाचनका लागि नयाँ पार्टी खुल्छ

२ माघ, काठमाडौं । नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले अब काँग्रेस नेतृत्वको यस्तै ब्यवहार रहिरहनेभए नयाँ पार्टी खुल्ने बताएका छन् ।
उनले ट्वी गर्दै नेपाली काँग्रेसका नेता बीर बहादुर बलायरले काँग्रेस महामन्त्री गगन कुमार थापालाई पार्टी छाडेर गए हुन्छ भनेर दिएको अभिब्यक्तीको उत्तरस्वरुप अबको चुनावमा नयाँ प्रजातान्त्रीक पार्टीहरुबीचमा प्रतिष्पर्धा हुने बताएका छन् ।
उनले अस्पतालबाट भरखरै घर फर्किएँ। केही दिनदेखि सामाजिक सञ्जालमा नियमित थिइन, फाट्टफुट्ट बाहेक भन्दै उक्त कुरा बताएका हुन् ।
नेता घिमिरेले, ‘हामी सुध्रौं! कांग्रेसको यस्तै चाला भए पार्टी त खुल्छ नैं, खुलेकै छन्। आगामी चुनावमा नयाँ प्रजातान्त्रिक पार्टिले प्रतिस्पर्धा गर्छ।’ भनेकान छन् । उनले काँग्रेस फुटाउने नभनेपनि काँग्रेस नसुध्रिए पार्टी खोल्नुपर्ने अवस्था आउनसक्ने चेतावनी भने दिएका छन् ।

नेता घिमिरेको ट्वीटः अस्पतालबाट भरखरै घर फर्किएँ। केही दिनदेखि सामाजिक सञ्जालमा नियमित थिइन, फाट्टफुट्ट बाहेक। एकजना नेताको अशोभनीय अभिव्यक्ति पढें, पार्टी खोलेर गए हुन्छ भन्ने। हामी सुध्रौं! कांग्रेसको यस्तै चाला भए पार्टी त खुल्छ नैं, खुलेकै छन्। आगामी चुनावमा नयाँ प्रजातान्त्रिक पार्टिले प्रतिस्पर्धा गर्छ।