सामाजिक सञ्जाल

सरकारमा जानु बध्यता भयो, असम्भव जस्तो लागे पनि म खरो उत्रनेछुः अध्यक्ष लिंदेन

३ पौस, काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिंदेन उपप्रधान तथा उर्जामन्त्री बन्ने भएका छन् । उनले गरेको सरकारमा जाने निर्णय र आफुले पाएको जिम्मेवारीका बिषयमा ट्वीट गर्दै सरकारमा गएर गलत काम गर्ने अनुमानसहित असम्भव जस्तो लागे पनि म खरो उत्रनेछु भन्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
अध्यक्ष लिंलदेनले ट्वीट गर्दै आफ्ना समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि यो अग्नि परीक्षामा होमिने निर्णयमा पुगेँ जो ढिलो या चाँडो मेरा लागि अनिवार्य रहेको जनाएका छन् ।
उनले धैर्यता र सहयोगका लागि अपिल गर्दछु भन्दै सार्बजनिक अपील पनि गरेका छन् ।
उनको ट्वीटः आफ्ना समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि यो अग्नि परीक्षामा होमिने निर्णयमा पुगेँ जो ढिलो या चाँडो मेरा लागि अनिवार्य थियो।
प्रिय जनहरू, असम्भव जस्तो लागे पनि म खरो उत्रनेछु !
धैर्यता र सहयोगका लागि अपिल गर्दछु !!