सामाजिक सञ्जाल

भ्रष्टाचार बिरोधी अभियान्ता एमब् साँसद शाहीले पल शाहको सफाइमा भने, ‘आज अत्यन्तै खुसी भएको छु’

३ माघ, काठमाडौं । राप्रपाका नेता एबम् साासद ज्ञानेन्द्र शाहीले पल शाहले अदालतबाट सफाई पाएकोमा खुशी ब्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै साँसद शाहलाई बलात्कारमा फसाईएको भन्दै यसमा खुशी ब्यक्त गरेका हुन् ।
पल शाहलाई समीक्षा अधिकारीले नाबालिग बलात्कारको मुद्धामा प्रहरीमा मुद्धा दिएर जेल चलान गरेकी थिईन् । जिल्ला अदालतले फैसला गर्दै आज बलात्कारको प्रमाण नपुगेको भन्दै फैसला सुनाएके छ ।
भ्रष्टाचार बिरोधी अभियान्तासमेत रहेका राप्रपा नेता एबम् साँसद शाहीले भनेका छन्, ‘आज पल शाहलाई तनहुँ जिल्ला अदालतले निर्दोष साबित गरेको छ आज अत्यन्तै खुसी भएको छु।। एउटा न्यायको लडाई जितिएको छ।। हार्दिक बधाई तथा शुभकामना !’

अभिनेता शाहलाई तनहुँ अदालतबाट सफाइ