समाचार

नेकपा एसः काँग्रेस उम्मेद्वारलाई सभामुखमा मतदान गर्ने निर्णय

५ माघ, काठमाडौं । नेकपा एकीकृत समाजबादीले सभामुखमा नेपाली काँग्रेसलाई मतदान गर्ने निर्णय गरेको छ । नेपाली काँग्रेसकी सभामुख उम्मेद्वार इश्वरी न्यौपानेलाई मतदान गर्ने नेकपा एसको आज बसेको सचिवालय बैठकले गरेको हो ।


आज हुने मतदानमा नेकपा एमालेका तर्फबाट देबराज घिमिरे छने भने काँग्रेसका तर्फबाट इश्वरी न्यौपाने उम्मेदार रहेका छन् । नेपाली काँग्रेसका बरिष्ठ नेता प्रधानमन्त्री पुष्पकमल दहाललाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । माओबादी केन्द्रले समर्थन गरेमा सभामुख नेपाली काँग्रेसले पाउने सम्भावना बलियो बन्दै गएको छ ।