राजनीति

मुलुक डरलाग्दो आर्थिक संकट तर्फ उन्मुख छ, समाधानका लागि किन कोही गम्भीर छैनः नेता गुरुगं

६ माघ, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुगंले मुलुक डरलाग्दो आर्थिक संकट तर्फ उन्मुख भएको प्रतिकृया दिएका छन् । उपसभापति गुरुगंले ट्वीट गर्दै यो हाम्रालागि साझा चुनौती र साझा समस्या भएपनि तैपनि हामी यसप्रति किन गम्भीर छैनौं ? भन्दै प्रश्न गरेका छन् ।
उनले प्रशन गर्दै भनेका छन्, ‘पदीय जिपम्मेवारी सम्हालेका साथीहरूले सस्तो लोकप्रियताको पछि दौड्नु भन्दा हाम्रो सन्निकट उभिएको आर्थिक संकट समाधानका बारेमा अलिक गम्भीर भएर काम गर्ने कि? !’
‘मुलुक डरलाग्दो आर्थिक संकट तर्फ उन्मुख छ। यो हाम्रालागि साझा चुनौती र साझा समस्या हो। तैपनि हामी यसप्रति किन गम्भीर छैनौं ?
दीय जिपम्मेवारी सम्हालेका साथीहरूले सस्तो लोकप्रियताको पछि दौड्नु भन्दा हाम्रो सन्निकट उभिएको आर्थिक संकट समाधानका बारेमा अलिक गम्भीर भएर काम गर्ने कि? !