६ माघ, काठमाडौं । भोली उपसभामुख पदको निर्बाचनका लागि सत्तारुढ दल रास्वपाकी इन्दिरा रानामगरले उम्मेद्वारी दर्ता गराएकी छन् ।
उनले आज दर्ता गराएपछि सत्तारुढ दल नेकपा एमाले, माओबादी केन्द्र, राप्रपालगायतको समर्थनमा उपसभामुख बन्ने लगभग निश्चित भएको छ । बिहीबारमात्र नेकपा एमालेका तर्फबाट देबराज घिमिरे सभामुखमा निर्बाचित भईसकेका छन् ।
अब राष्ट्रपतिको निर्बाचनमा पनि मतदान हुने हुँदा रास्वपाकी रानामगर निश्चितै रुपमा उपसभामुख बन्ने देखिएको छ । रास्वपाबाट सबिता गौतमलाई उपसभामुख बनाउने भन्ने हल्ला भईरहेको भएपनि उक्त हल्ला हल्लामै सीमित भएएको छ । आज बसेको सो दलको संसदीय दलको बैठकले रानामगरलाई उपसभामुख बनाउने निर्णय गरेको हो ।





