समाचार

काँग्रेसबाट केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत ल्याउने यादब बनिन् उपसभामुखको उम्मेद्वार

६ माघ, काठमाडौं । भोली उपसभामुख पदको निर्बाचनका लागि नेपाली काँग्रेसले मुक्ता यादवलाई पठाउने निर्णय गरेको छ ।
१४ औं महाधिवेशनमा नेपाली काँग्रेसको केन्द्रीय सदस्यको लागि भएको मतदानमा सबैभन्दा बढी मत ल्याएर बिजय भएकी यादबलाई आज बसेको काँग्रेस सभापति शेरबहादुर देउवा निवासको पदाधिकारी बैठकले उममेद्वार बनाउने निर्णय गरेको हो ।
मुक्ता यादब काँग्रेसकी समानुपातीक साँसद हुन् । सत्तारुढ गठबन्धनले रास्वपाकी इन्दीरा रानामगरले उम्मेद्वारी दर्ता गराईसकेकी छन् ।