प्रवास

आत्मादह प्रयासमा ८० प्रतिशत जलेका ईलामका प्रेम आचार्यको मृत्यु, हार्दिक श्रद्धान्जली !

११ माघ, काठमाडौं । पेट्रोल खन्याएर आफ्नै जीउमा आगो लगाई आत्मादह गरेका प्रम प्रसाद आचार्यको निधन भएको छ ।
किर्तिपूरस्थीत वर्न अस्पतालमा उपचाररतः आचार्यले हिजोमात्र देशमा चरम भ्रष्टाचार, कमिशनतन्त्र मौलाएको र गरिखान खोज्नेलाई सबैपक्षबाट बन्चित गरिएको भन्दै क्रान्ति गरिएको फेसबुक स्टाटसेसहित आत्मादह प्रयास गरेका थिए ।
आत्मादह गरेपछि शरिरको ८० प्रतिशत भाग जलेको भनिएका आचार्यले आफ
लाई बचाउने जति प्रयास गरेपनि पुनः मरेरै छाड्ने बताएका थिए ।
उनले हरेक नेपालीलाई सम्मानसाथ बाँच्ने वातावरणका लागि आफ्नो मृत्युले क्रान्ती गर्नसक्ने बताएका समेत छन् । केहीबेरमा आचार्यको मृतक शरीर परिवारलाई जिज्मा लगाउने तयारी भएको छ । हरेक नागरिकले उनको मृत्युमा श्रद्धान्जली खर्पण गर्दै सरकार वा सम्बन्धीत पक्षले उनको माग पुरा गनुपर्ने बताएका छन् ।

भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्ने माग गर्दै २५ भन्दा बढी सुझावसहित यसरी गरे प्रेम आचार्यले आत्मादह प्रयास