राजनीति

आत्मादहको बिषय उजागर गर्दै उपसभापति गुरुगं आक्रोशित हुँदै भन्छन्ः अझै पनि आँखा नखुले कहिले खुल्छ ?

१२ माघ, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुगंले प्रेम आचार्यको आत्मदहले मुलुकको आर्थिक अबस्थाको उजागर गरिदिएको बताएका छन् ।

उनले ट्वीट गर्दै अझै पनि हाम्रो आँखा नखुले कहिले खुल्छरु मुलुक डरलाग्दो आर्थिक संकट तर्फ धकेलिएको भनेका छन् ।
उनले सबै राजनैतिक दलहरु एक ठाउँमा उभिएर समस्या समाधान गर्न ढिला नगरौं भन्ने आह्वान गरेका छन् ।
नेता गुरुगंले राष्ट्र असफल भए सत्तपक्ष र प्रतिपक्ष कसैलाई छुट हुनेछैन भनेका छन् ।

उनको ट्वीटः प्रेम आचार्यको आत्मदहले मुलुकको आर्थिक अबस्थाको उजागर गरिदिएको छ।
अझै पनि हाम्रो आँखा नखुले कहिले खुल्छ ? मुलुक डरलाग्दो आर्थिक संकट तर्फ धकेलिएको छ। सबै राजनैतिक दलहरु एक ठाउँमा उभिएर समस्या समाधान गर्न ढिला नगरौं।
राष्ट्र असफल भए सत्तपक्ष र प्रतिपक्ष कसैलाई छुट हुनेछैन।